ज्ञानेन्द्रलाई जेल हाल्न युवा संघको माग

काठमाडौं : एमाले निकट युवा संघ नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्न माग गरेको छ ।  

युवा संघ नेपालको दुई दिनसम्म काठमाडौंमा बसेको बैठकले राजतन्त्र ढलेपछि आमनागरिक भइसकेका ज्ञानेन्द्र शाहले जथाभावी बोल्दै हिँडेकाले उनलाई जेल हाल्न माग गर्ने निर्णय गरिएको महासचिव राजिव पहारीले जानकारी दिए । 

‘राजतन्त्र ढलेपछि आमनागरिक बनेका ज्ञानेन्द्रले दलहरुसँग गोप्य सम्झौता भएको गैरजिम्मेवारपूर्ण टिप्पणी गरिरहेका छन् महासचिव पहारीले भने, ‘देशमा गणतन्त्र आइसकेको अवस्थामा आफूलाई कानुनभन्दा माथि राखेर उनले बोल्दै हिँड्नु गलत छ ।


संघले ज्ञानेन्द्रले दलसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्छ भनेर आफूलाई कानुनभन्दा माथि राख्न खोजेको समेत आरोप लगाएको छ । 

‘उनले अफवाह फैलाउने काम गरिरहेका छन् महासचिव पहारीले भने, ‘आमनागरिक भइसकेर पनि पुरानै धङ्धङी देखाउन खोज्नेलाई हामीले जेल हाल्न माग गरेका हौं ।

संघले महिला हिंसाविरुद्ध देशव्यापी अभियान पनि चलाउने भएको छ । उसले केही समययता भएका महिला हिंसाका घटनाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको 
छ । 

0 comments

Write Down Your Responses