विभिन्न ६३ ब्राण्डका कण्डम नेपाली बजारमा पाइन्छ । तर, यीमध्ये आठवटा कम्पनीले मात्र नेपालमा कण्डम विक्री वितरण गर्नेअधिकारीक्ता पाएका छन् भने १६ वटा ब्राण्ड कम्पनीका कण्डम सिधै भारतबाट नेपाल भित्रिन्छ अरु बाँकी कम्पनीका कण्डम कहाँबाट कसरी नेपाल आउँछ त्यसको कुनै अत्तोपतो छैन ।
नेपालमा तीनवर्षदेखि यो दिवस मनाउन लागिएको हो तर यसको गुणस्तरमा कसैले ध्यान दिएको थाहा छैन । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. दीपेन्द्ररमण सिंहलेपनि नेपालमा यतिका कण्डम कहाँबाट आउँछ भनि कुनै तथ्यांक नरहेको बताउँछन् । ‘यहाँ कण्डम कहाँबाट कसरी आउँछन् त्यसको अनुगमन गर्ने निकाय भएका कारण कण्डमको गुणस्तर कमजोर भएको छ,’ उनले भने, ‘कण्डमहरुमा आवश्यक तरल पदार्थतथा अरु पदार्थहरुको मात्रा राम्रोसँग मिलेको हुँदैन त्यसकारणले यस्ता थुप्रै कण्डमहरु गुणस्तर हुँदैन ।’
औषधिको गुणस्तरलाई मापन गर्ने निकाय औषधि व्यवस्था विभागले हो तर विडम्बना कण्डमको गुणस्तर नाप्ने कुनै निकाय छैन । यसलाई प्याकेजिङ गर्नु अगाडि अथवा बजारमा पठाउनु अघि जाँच गरिएको छ कि छैन् । प्रयोग गरिएको रबर, सिलिकन, ल्युब या अन्य पदार्थहरू उपर्युक्त छन् कुनै मापन छैन । उपभोक्ताले जथाभावि प्रयोगमा ल्याइरहेका छन् जसले गर्दा विभिन्न संक्रमण भई रोगी हुने, गुणस्तर कण्डम नभएको कारण गर्भ रहनेलगायतका समस्याहरु देख्न सकिन्छ ।
condomहामी कहाँ अमेरिकाबाट पनि विभिन्न ब्राण्डका कण्डमहरु आउने गरेका छन् तर त्यो पनि गुणस्तर छ कि छैन भने कुराको मापन गर्न सकिरहेका छैन । तर अमेरिकामा भने ल्याटेक्स कण्डम उत्पादकहरूले फेडरल ड्रग एडमिनिस्ट्रसनका मानकहरू पूरा गर्ने पर्दछ । यो भनेको कुनै एउटा ब्याजको कण्डम प्याकेज गर्नु अगाडि यो खराब छ कि छैन भनेर अनिवार्य जाँच गरिन्छ । यसबाहेक औषधि प्रशासनले हरेक ब्याचका नमुनाहरूलाई यसमा प्वाल छ या छैन भनेर पनि जाँच गर्दछ ।
कुन कम्पनीको कण्डम गुणस्तरीय र भरपर्दो छ भन्ने कुरा उपभोक्तालाई जानकारी दिने किसिमको कुनै संयन्त्र नहुँदा उपभोक्ता स्वयम्ले यसमा सचेत हुनुपर्ने निर्देशक सिंहले बताए । यहाँका उपभोक्ताहरुले सञ्चारमाध्यममा आएका विज्ञापनको आधारमा कण्डम खरिद गरी प्रयोगमा ल्याउने गरेको तर गुणस्तरमा ध्यान दिएका हुँदैनन् । त्यसमा पनि अनुदानमा बाँडिने कण्डमहरू कम गुणस्तरका हुन्छन् तर मान्छे लाइन लागेर लिइरहेका हुन्छन् ।
नेपाली बजारमा पाईने अधिकांश कण्डमहरुको उत्पादन मिति तथा प्रयोग गर्ने समयसिमा निर्धारण गरिएको हुँदैन त्यो कुरा थाह पाउँदा पाउँदै उपभोक्ताले प्रयोगमा ल्याइरहेका हुन्छन् निर्देशक सिहले भने, यसमा उपभोक्ता पनि सचेत हुनु आवश्यक छ ।
निर्देशक सिंहका अनुसार नेपालमा १५ देखि २५ वर्षका झण्डै ८० प्रतिशतभन्दा बढी युवाले कण्डमको प्रयोग गर्ने गरेको बताउँदै कण्डमलेपहिला परिवार नियोजनका लागि बढी प्रयोगमा ल्याइन्थ्यो तर अहिले एचआइभी एड्सबाट बच्नका लागि यसको प्रयोगकर्ता बढेको बताए । उनले कण्डम एचआईभी ÷ एड्स , हेपाटाइटिस बि, हेपाटाइटिस सी, लगायत विभिन्न खाले यौनजन्य रोगहरुलाई पनि रोक्न कण्डम प्रयोगमा ल्याउने गरेको बताए ।
२०१६ सालमा नेपाल परिवार नियोजन संघको स्थापना भएपछि ०१७ सालदेखि नेपालमा कण्डमको प्रयोगको सुरुवात भएको हो । सन् १९८८ मा एचआइभी तथा एड्स नेपालमा पहिलो पटक भित्रिएपछि कण्डमको प्रयोग एचआइभी तथा यौन नियन्त्रणको लागि समेत हुन थालको हो ।
.jpg)

0 comments
Write Down Your Responses