बाराको सिमरामा तनावग्रस्त, आक्रोसित स्थानीयबासीले जलाए प्रहरी बीट
भुमिसुधार, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै निकालिएको शान्तिपूर्ण जुलुृसमा प्रहरीले हस्तक्षेप गरेपछि वाराको सिमरा बजार तनावग्रस्त भएको छ । स्थानीयबासी र प्रहरीबिच झड्प भएपछि बजारपूर्णरुपमा तनावग्रहस्त भएको छ ।
प्रहरीले आफ्नो शान्तिपूर्ण जुलुसमा हस्तक्षेप गरेको स्थानीयबासीले आरोप लगाएका छन् । झडपका कारण आइतबार सिमरा बजार तनावग्रस्त बनेको छ । स्थानीयबासी र प्रहरीवीच झडप हुँदा दुवै पक्ष घाइते भएका छन् । जुलुसमा प्रहरी हस्तक्षेप भएपछि आन्दोलनकारीले सिमरा बजारमा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् ।
प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न दर्जन बढी अश्रुग्याँस प्रहार गरेसकेको छ तर पनि स्थति नियन्त्रणमा आउन सकेको छैन ।
भुमिसुधार, मालपोत र नापीलगायतका सरकारी कार्यालयको एकीकृत सेवा केन्द्र सिमरामा खोल्ने सरकारी निर्णय स्थगन गरेको विरोधमा शुक्रबारदेखि स्थानीयबासी आन्दोलित छन् ।
.jpg)

0 comments
Write Down Your Responses