सिमीकोटमा दुर्इ जहाज ठोक्किए

| २०७१ फाल्गुन ९ शनिबार

काठमाडौं :  हुम्लाको सिमीकोट विमानस्थलमा तारा एयरको जहाजले रोकिइरहेको सीता एयरको जहाजलाई ठक्कर दिएको छ ।

विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा तारा एयरको जहाजको पंखाले सीता एयरको जहाजलाई ठक्कर दिएको हो ।



दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । दुर्घटनापछि दुबै विमान ग्राउन्डेड भएका छन् ।

दुर्घटनापछि दुबै एयरलाइन्सका इन्जिनियरहरु काठमाडौंबाट हुम्लातर्फ गएका छन् ।

0 comments

Write Down Your Responses