फेसबुकको प्रेमले घर छाड्दा

कञ्चनपुर, चैत १७ 


५ वर्षअघि आफैले रोजेको केटोसित उनले बिहे गरेकी थिईन । 

सवथोक ठीकठाक चलिरहेको थियो थियो । 

विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर  श्रीमान श्रीमती दुबै बेरा्जगार हुदाँ परिवार चलाउन समस्या भयो ।

उनीहरुबीच बेलाबेला विवाद हुन थाल्यो । आर्थिक समस्यापछि उनले श्रीमानलाई वैदेसिक रोजगारमा पठाइन । कान्तिपुर दैनिकमा समाचार छ ।

यो कथा हो ओखलढुंगाको फूलबारीकी २७ वर्षीया विमला राइको । श्रीमान वैदेशिक रोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दे काकाकाकीसँगै बस्न थालिन । 

फेसकुबक चलाउन सिकिन ।त्यही फेसबुकबाट उनी प्रेममा परीन र झन्डै बेचिने अवस्थामा पुगेकी थिईन ।


भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाडौंबाट महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका हुँदै भारतिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेको छ ।

0 comments

Write Down Your Responses