अब भीभीआईपीको सवारीमा सडक खाली नहुने
काठमाडौं, चैत १४
अति विशिष्ट व्यक्तिको सवारीमा जनताले अबदेखि सडकमा सास्ती बेहोर्नु नपर्ने भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले जनताको आवाज सुनुवाइ गरी अबदेखि आमसर्वसाधारणले सास्ती बेहोर्नु नपर्ने गरी अति विशिष्ट व्यक्तिहरूको सवारी चलाउन निर्देशन दिएको खबर आजको राजधानीमा छापिएको छ।
बैठकले अति विशिष्ट व्कयक्तित्व राष्ट्रपति, प्रधानमन्त्री लगायतका व्यक्तित्वको सवारी सञ्चालन गर्दा सर्वसाधारणले दुःख बेहोर्नु नपर्ने गरी ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्था मिलाउने प्रवन्ध गर्न मुख्य सचिव लिलामणि पौडेललाई जिम्मेवारी दिएको छ।
.jpg)

0 comments
Write Down Your Responses