मुम्वई एयरपोर्टमा गुड्दागुड्दैको जहाँजवाट एक यात्रु हाम फालेपछी
एजेन्सी– मुम्वई एयरपोर्टमा अवतरण गर्न धावनमार्गमा गुडीरहेको जहाँजवाट एक यात्र हाम फालेका छन् । गुडिरहेको जेट एयरवेजको आपततकालिन ढोका खोली निस्केका यात्र पंखाबाट कुदेर धावनमार्गमा हामफालेका थिए । धावनमार्गवाट तिबै गतीमा दौडेर विमानमस्थलवटा बाहिरीने क्रममा ति यात्रुलाई प्रहरीले पक्राउ गरेको थियो ।
अन्य यात्रुको ज्यान समेत जोखिममा पारेको भन्दै २७ बर्षिय आकाश जैन हाल प्रहरी नियन्त्रणमा छन् ।
प्रहरीका अनुसार जैन ३० हजार रुपैयाँ लिएर घरवाट भागेका थिए । घरवाट भाग्ने वेला उनले मुम्वई हुँदै गोवा जाने योजना बनाएका थिए । प्रहरीका अनुसार उनले पुने पुगपछी योजना परिवर्तन गरेका थिए । घटनापछी प्रहरीले जालान्धर बस्दै आएका उनका परिवारसँग सम्पर्क गरेको थियो । परिवारले उनि हराएको भन्दै स्थानीय प्रहरीमा खवर गरिसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
जैन चन्डिगढ–मुम्वई उडान नम्बर ९ डब्लु ४६९ बाट पार्किङ वेमा जहाज गुडीरहेको बेला हामफालेको जेट एयरवेजले पुष्टि गरीसकेको छ ।
.jpg)

0 comments
Write Down Your Responses