नारी अस्तित्वको मोल लगाउनेहरु यही समाजमा छन्, दिवस मनाउनुको के अर्थ ?
काठमाडौं । विश्वभरका महिलाहरुले नारी दिवस मनाईरहेका बेला नेपालीकी चर्चित अभिनेत्री केकी अधिकारीले भने दिवसलाई ब्यङगे गरेकी छिन् ।
महिलाहरुको मोल लगाउनेहरु समाजमा रहदाँसम्म महिला मुक्ती र दिवस मनाउनुको अर्थ नहुने बताएकी छिन् । ‘
यो दिन नारीको अस्तित्व र नारीको महानतालाई याद गर्ने दिन त हो, तर हामीले नारी दिवस मनाएको के अर्थ जब नारीको अस्तित्वको मोल लगाउनेहरु, अस्तित्व हरण गर्नेहरु हामीमाझ नै छन्’ अभिनेत्री अधिकारीले भनेकी छिन् ‘नारीको मुहारलाई सुन्दरताको प्रतिरूप मानेर यो समाजले पूजीटोपलेको के अर्थ, जब त्यै मुहारमाथि एसिड फ्याक्नेहरु यहिं समाजमै छन् ।’
राजधानीमा दुई छात्रामाथी एसिड प्रहार भएपछि सार्वजनिकरुपमै आक्रोस पोख्न थालेकी अभिनेत्री अधिकारीले महिला दिवसको अवसरमा पनि यो कुरालाई उठाएकी छिन् । उनले एसिड प्रहार गर्ने अपराधीलाई राज्यले पक्राउ गर्न नसकि महिलालाई न्याय दिन नसकिरहेका बेला नारी दिवस मनाउनु र मुक्तीको गीत गाउनु अर्थ नहुने बताएकी छिन् ।
.jpg)

0 comments
Write Down Your Responses