प्याज, कपाल झर्न रोक्ने रामवाण

कहिले कहिले कपाल झर्ने सामान्य नै हो तर पनि दैनिक अत्याधिक झर्न थाल्यो भने अब चिन्ता गर्ने बेला भयो भन्ने जान्नुहोस्। सोच्नुहोस् त, अत्याधिक कपाल झर्न थाल्यो भने केहि बर्षमा के दशा होला कपालको? यो एउटा यस्तो समस्या हो जसलाइ समयमा ध्यान दिइएन भने पछि ठुलो समस्या खडा गर्दछ।


कपाल नै झरेको त हो भनेर केही नगर्ने हो भने केही बर्षमा तपाइको रुपरंग नचिन्ने गरि परिवर्तन हुन सक्छ। यदि तपाइ पनि कपाल धेरै झर्यो भनेर चिन्ता गर्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्, सजिलै संग पाइने प्याज यो समस्याको लागि रामवाण सिद्ध हुनेछ।

किन गर्ने प्याँजको प्रयोग

प्याजमा हुने सल्फरले अत्याधिक कपाल झर्ने क्रम लाइ रोक्न मद्धत गर्दछ। यहि कारणले नै प्याजको रस कपालमा लगाउनाले यसमा पाइले सल्फरले रक्तसञ्चार पनि बढाउदछ। टाउकोको इन्फेक्समको कम गर्नको साथै कपाल पनि मजबुत बनाउछ प्याजले।


कसरी गर्ने प्रयोग

प्याजलाइ मिक्सरमा थोरै पानी राखेर पिन्नुहोस्। त्यस पश्चात रस छान्नुहोस्। हातको औलाको सहयताले कपालमा उक्त रस लगाउनुहोस्। तीस मिनेटसम्म कपाल त्यत्तिकै छोडेर कुनै राम्रो श्याम्पुले धुनुहोस्। र यो काम हप्तामा कम्तिमा ३ पटक गर्नुहोस।


प्याजको रसमा मह मिलाएर लगाउन सकिन्छ।

एक चौथाइ कप प्याजको रसमा थोरै मह मिसाउनुहोस। यो मिश्रणलाइ कपालको जरामा लगाउनुहोस्, कपाल झर्ने कम हुन्छ।

यसरी पनि लगाउन सकिन्छ।

एउटा प्याज काटेर रमले भरिएको ग्लासमा राख्नुहोस्। रात भर त्यत्तिकै राखेपछि त्यो रमलाइ छानेर प्याजको टुक्रा निकाल्नुहोस् र त्यो रमले कपालमा मसाज गर्नुहोस्। हप्तामा २ चोटी यसो गर्नाले कपाल झर्न कम हुन्छ।

0 comments

Write Down Your Responses