भारतीय अपराधीक समुहबाट प्रचण्डको हत्या योजना प्रभु साहले बनाएको खुलासा
वीरगन्ज । पहिलो संविधानसभाको निर्वाचनमा बम बनाउँदै गर्दा बिस्फोट भई घाइते भएका २१ जना भारतीय नागरिकलाई इटा भट्टामा जिउँदै जलाएको आरोपमा मुद्दा खेपीरहेका एकीकृत नेकपा माओवादीका नेता प्रभु साहले अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको हत्या ओजना बुनेको आरोप लागेको छ ।
एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पक्षधर मानिने प्रभुले प्रचण्डको हत्या योजना बनाएपछि असुरक्षित भएको दुई केन्द्रीय सस्यले आरोप लगाएका छन् । जयसवाल र भगत अध्यक्ष प्रचण्ड पक्षधर हुन्। केही समय यता अध्यक्ष प्रचण्डले आफु असुरक्षित भएको भन्दै आउनु भाको छ ,यसको कारक प्रभु साह हुन्, उनले भने प्रचण्ड मात्र हैन हामी जिल्लाका केही नेताको पनि हत्याको योजना उनले बनाएका पायौँं । जयसवालले प्रचण्ड लगाएतका नेताहरुको हत्या गर्न प्रभु साहले भारतीय अपराधीकगिरोह परिचालन गरेको समेत उनले बताए । २०६३ साल चैतमा भएको गौर हत्याकाण्डको मुख्य योजनाकार साह नै रहेको भन्दै उनी अपराधीका सरदार भएको बताए । जयसवालले साहकै निर्देशनमा वीरगन्जमा हिन्दु युवा संघका अध्यक्ष काशीनाथ तिवारीको पनि हत्या भएको जिकिर गरे ।
पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादीका रौतहट जिल्ला इन्चार्ज विन्देश्वर राय यादवले साहलाइ कार्वाही गर्न पार्टी केन्द्रिय कार्य समितिसँग माग गरे ।पार्टी नेतृत्वले साहलाइ कार्वाही नगरे बैशाखको पहिलो साता पछि रौतहटका जनताले प्रतिकार गरेर साहलाइ जिल्लाबाट लखेटने चेतावनी पनि उनले दिए ।
.jpg)

0 comments
Write Down Your Responses