टिचिङ अस्पतालको प्राङगणमै राज्यबिरुद्ध एक मिनेट मौनधारण

काठमाडौं । आठ दिनदेखि सरकारविरुद्ध अनसन बसेका डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउन पुगेका राजनीतिक दलका कार्यकर्ता र सर्वसाधरणले एक मिनेट मौन धारण गरेका छन् ।


‘यो देशमा सत्य र न्याय म¥यो’ भन्दै उनीहरुले टिचिङ अस्पतालको प्राङगणमै एक मिनेट मौन धारण गरे ।
सोमबार झरी बर्षासँग पुगेका राजनीतिक दलका कार्यकर्ता, सर्वसाधरण र बिद्यार्थीले संयुक्तरुपमा मौन धारण गरेका थिए । उनीहरुले राज्य जिवित छ भने तत्काल डा.केसीका माग पुरा गर्न आग्रह गर्दै मौन धारण गरेका हुन् ।
डा. केसीको समर्थनमा पुगेका सयौ सर्वसाधरणले राज्यको मृत्यू भएको संकेतका रुपमा शिर झुकाएर मौन धारण गरेका छन् । उनीहरुलाई  डा.केसीले सम्वोधन गरेको अडियो समेत सुनाइएको थियो ।
मौन धारणपछि विद्यार्थी र सर्वसाधरण प्रधानमन्त्री निवास बालुवाटार पुगे । उनीहरुले प्रधानमन्त्री कार्यालय घेराउ गरे । झरी बर्षामा छाता ओडेर भएपनि प्रधानमन्त्री कार्यालय घेरेका छन् ।

0 comments

Write Down Your Responses