पत्याउनुहुन्छ ? जसका १७ श्रीमती र ३४ जना छोराछोरी छन्
एजेन्सी /
आजभोली मानिसहरु एउटासम्म बच्चा पनि मुस्किलले जन्माउँछन् । प्रविधिको विकास र विलासि जीवका कारण मानिसहरु धेरै सन्तान जन्माउने कुरामा झन्झट मान्छन् । तर एकजना यस्ता व्यक्ति पनि छन् ।
जसका १७ श्रीमती र ३४ छोराछोरी रहेका छन् । सामान्यतया ठूलो परिवार एसियाली मुलुकमा हुन्छ भन्ने मान्यता राखिन्छ । तर, ती व्यक्ति भने एसियाली नभई अटलांंटमा बस्ने व्यक्ति हुन् ।
तीन वर्षदेखि २७ वर्षसम्मका छोराछोरी रहेका ती व्यक्तिका नाती नातिना भने कति छन् भन्ने गिन्ती नै छैन् । ती व्यक्तिले आफ्नो कहानी ओपराह विंफ्रेको नयाँ शोमा गेष्टका रुपमा आएर बताउने छन् । ती व्यक्तिले जीवनभर कयौँ महिलासँग सम्बन्ध बनाएको बताउँछन् ।
तर उनले कहिल्यै पनि आफ्ना छोराछोरीलाई ध्यान दिन नसकेको बताउँछन् । उनको लापर्वाही पुर्ण व्यवहारका कारण उनका कुनै पनि छोराछोरीले उनलाई मन पराउँदैनन ।
.jpg)

0 comments
Write Down Your Responses