Mar 29, 2015
२०१५ को क्रिकेट वर्ल्डकप भएको देश , अनि कगांरुको देश अष्ट्रेलियाको मेलबर्न शहर निकै प्रख्यात छ। धेरै नेपालीहरु बसोबास पनि गर्छन् यो क्षेत्रमा। यो ठाँउसंग जोडिएको केहि तथ्यहरु अनौठा अनि रमाइला छन्। प्रस्तुत छ, मेलबर्नको १० अजीव कुराहरु…
१. होमोसेक्सुअलको शहर
मेलबर्न शहरले होमोसेक्सुअलको लागि पुरा हक दिएको छ। यहाँ संसारकै सबैभन्दा पहिलो ‘गे अनि लेस्बियन’ ले चलाएका रेडियो च्यानल छ, जसको नाम ‘रेनबो रेडियो’ हो। सन् १९७१ मै तेस्रो लिङ्गी मानिसहरुको अधिकारको लागि एउटा संस्था लागिपरेको थियो। १९८१ भन्दा अगाडी कानुनी रुपमै होमोसेक्सुअल गतिविधिलाइ अपराध मानिन्थ्यो तर १९८१ मा आएको नयाँ कानुनले वैधानिकता प्रदान गर्यो।
२. अश्लील गीत बजाउँदा र गाँउदा कारवाही
मेलबर्नमा अश्लील गीत गाउँदा सजाय हुन्छ। खासमा कसैले यस्तो गीत गाएर दोस्रो व्यक्तिको कानमा परेमा ६ महिना जेलको व्यवस्था छ।
३. सेक्स पार्लरको कानुनी मान्यता
मेलबर्नमा सेक्स पार्लरको कानुनी मान्यता दिइएको छ। जहाँ २५०० सेक्स पार्लर रजिस्टर गरिएको छ। साथै करिब ४०० गैरकानुनी वेश्यालय भएको एक अध्ययनले जनाएको छ।
४. विश्वको पहिलो ठाँउ जहा ८ घण्टे कामको नियम
मेलबर्न यस्तो ठाँउ हो जसले विश्वलाइ दिनमा ८ घण्टा कामको नियमको पछि लाग्न सिकायो। सन् १८५५ मा केही मजदुरहरुले आठ घण्टा काम गर्ने माग पुरा गर्न सफल भएका थिए। यहि नियमले नै अष्ट्रेलिया कामको लागि राम्रो मानिन्छ।
५. ब्याल्क बक्स बनेको ठाँउ
पुरै संसारले विमानको गतिविधि रेकर्ड गर्न विमान भित्र प्रयोग गर्ने ब्याल्क बक्सको आविष्कार मेलबर्न मै भएको थियो। जसलाइ डेबिड वारेनले एरोनटिकल रिसर्च ल्याबोरेटरीमा सन् १९५८ मा बनाएका थिए। वारेनको पिता विमान दुर्घटनामा मारिएका थिए र उनले विमानको दुर्घटना भएपनि अन्तिम समयसम्म गतिविधि रेकर्ड गर्ने हेतुले ब्याल्क बक्स बनाएका थिए।
६. सार्वजनिक ठाँउमा नुहाउनको लागि नियम
मेलबर्नमा सार्वजनिक स्नान गर्न अलग-अलग नियमछ। पहिले ‘यारा’ नामक नदीमा मानिसहरु सार्वजनिक स्नान गर्दथे। सन् १८६० पछि एक कानुनले सार्वजनिक स्नानलाइ रोक लगायो। साथै महिला र पुरुष एकै ठाँउमा नुहाउन नपाउने नियम आयो। पछि ठाँउ ठाँउमा प्राइभेट बाथिङ बक्स ( नुहाउने घर) हरु खुल्न थाले। जसको सङ्ख्या अहिले १८०० भन्दा बढी छ।
७. छ बजे मदिरा पसल बन्द हुन्थे
सन् १९६६ सम्म मेलबर्नका मदिरा पसलहरु केवल ६ बजेसम्म खुल्थे। जसको कारण ५ बजे लगतै रक्सी पसलमा भिड लाग्दथ्यो। यो नियमको सुरुवात पहिलो विश्व युद्धको समयमा भएको थियो। यसलाइ लिएर धेरै आन्दोलन पनि भएका थिए, जसमा रक्सीलाइ पुरै बन्द गर्नुपर्ने भन्ने पनि थियो।
८. कृत्रिम बर्षामा रोक
मेलबर्नमा एउटा खास कानुन छ जसले कृत्रिम बर्षागर्न रोक लगाएको छ। ‘रेन मेकिङ कन्ट्रोल एक्ट १९६६’ मा नै बनेको थियो। तर विश्वमा यस्ता देशहरु पनि छन् जहाँ बादलमा दबाब बनाएर वर्षा रोक्ने अनि वर्षाको आवश्यकताको बेला कृत्रिम वर्षा गराउने प्रयोगहरु गरिएको छ।
९. स्यालको राजधान
मेलबर्नलाइ ‘फक्स क्यापिटल’ पनि भनिन्छ। खासमा यहाँ स्यालहरु ठुलो सङ्ख्यामा पाइन्छन् । हरेक एक वर्ग क्षेत्रफलमा करिब १० वटा स्याल भेटिन्छ। मानिसलाइ हैरान गर्ने गर्दछन् स्यालहरु।
१०. चोरीको सामानमा पुरस्कार दिनु गैरकानुनी
मेलबर्नको कानुनको अनुसार कसैको सामान हराएपछि ‘भेटिएमा यति पुरस्कार दिन्छु’ भनि घोषणा गर्न पाइदैन। केयौं पटक विज्ञापनमा ‘कुनै पनि प्रश्न नसोधि सामान फिर्ता लिइने छ र उचित पुरस्कार दिइनेछ’ भनि प्रकाशित गरिएको थियो जसले चोरि बढ्ने भनि यस्तो नियम ल्याइएको थियो।
मेलबर्नका अजीव १० तथ्य
.jpg)

0 comments
Write Down Your Responses