शाहरुख खानको सामुन्ने हिन्दी गीतमा नाच्नु बाध्यता : प्रियंका कार्की

काठमाडौं, फागुन २६ - नायिका प्रियंका कार्कीले बलिउड नायक शाहरुख खान प्रमुख अतिथि रहेको कार्यक्रममा हिन्दी गीतमा नाच्नु आफ्नो बाध्यता भएको बताएकी छिन् । आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले कार्यक्रमको सम्पूर्ण तयारी भारतमै भएको र सबै सेटिङ उतैबाटै आएकाले आफूले नेपाली गीतमा नृत्य गर्न नसकेको जनाएकी छिन् ।


कार्यक्रमको आयोजक तथा कार्यक्रम संचालकदेखि सम्र्पूण चिज भारतीय भएकाले आफ्नो कुरा सुन्ने कोही नभएको स्पष्ट पार्दै उनले लेखेकी छिन् ‘बलिउडका नायक शाहरुख खानलाई आफ्नो प्रस्तुति देखाउन पाउनु सुनौलो अवसर थियो र मैंले सोचें नाच भनेको नाच हो र यसको कुनै भाषा हुँदैन ।’

खानलाई कान्साई न्यारोल्याक पेन्ट्सले नेपालमा एक कार्यक्रममा अतिथिको रुपमा ल्याएको हो  ।

 उनी भिआइपी गेस्ट भएको कार्यक्रमा नेपालकी चर्चित कार्कीले साहरुख खानले अभिनय गरेको ह्यापी न्यु इयरको लभ्ली, डनको आजकि रात, चेन्नई एक्सप्रेसको लुंगी डान्स, शक्तिको इश्क कमिना, बिल्लु बार्बरको मर्जानी मर्जानी लगायतका गीतमा नृत्यु प्रस्तुत गरेकी थिइन् । सोमबार नेपाल आएका साहरुख कार्यक्रम सकेर सोमबार राती नै भारत फर्किएका छन् ।

0 comments

Write Down Your Responses