पूर्वयुवराज पारसबिनै भान्जाको ब्रतबन्ध
Mar 29, 2015
१५ चैत, काठमाडौ।
बहिनी प्रेरणापुत्र पार्थक सिंहको छाउनीस्थित घरमा आइतबार आयोजने ब्रतबन्धको रमझमसँगै निराशा पनि छाएको छ ।
दाजुको अनिवार्य उपस्थिति हुने भएपछि चैत १५ गतेका लागि आयोजना गरेको ब्रतबन्ध खल्लो हुने भएको छ । साइत जुराइसकेका कारणले प्रेरणाले बाध्य भएर छोराको ब्रतबन्ध गर्न लागेको बताएकी छिन। ।
थाइल्याण्डस्थित लुङखाई जेलबाट मानत बुझाउने सर्तमा छुटेका प्रेरणाका दाजु पारस जमानत बुझाउन नसक्दा अझै थाइल्याण्ड छाड्न पाएका छैनन् ।
यता भान्जाको चूडाकर्म गरिदिने एकमात्र मामा पारस नभएका कारण कसले यो कर्म गरिदिने भन्ने विषयमा अन्योल छाएको छ भने उतार घरपरिवारले १५ लाख भाट करिब ४५ लाख नेपाली रुपैयाँ जुटाइदिए थाइल्याण्ड छाडेर नेपाल आउने तयारीमा रहेका पारस निरास भएर बस्नु परेको छ ।
लागूऔषध मुद्दामा गत असोज २४ गते जेल परेका पूर्व युवराज पारसका परिवारले रकम उपलब्ध गराउन नसकेपछि अदालतबाट छुटकारा पाउन सकेका छैनन्। आजको नेपाल समाचारपत्रमा खबर छ।
.jpg)

0 comments
Write Down Your Responses