यो शौर्यशक्तिबाट चल्ने जहाजले भोलिबाट पृथ्वीको चक्कर लगाउनेछ!
स्वीस पाइलटहरू भोलिबाट आफ्नो शौर्यशक्तिबाट चल्ने जहाजमा ३५००० किलोमिटरको यात्रामा लाग्नेछन्। कत्तिपनि इन्धनको खाँचो नपर्ने यो जहाजमा उनिहरू ५ महिनाको लागि पृथ्वीको चक्कर लगाउनेछन्।
१२ हिस्सामा बाँडिएर हरेकले २५ दिन सम्म उड्ने पाइलटहरूको यात्रा आबुधाबी बाट सुरु भएर त्यहीँ नै टुङ्गिनेछ।
किन त्यति धेरै समय लाग्छ त? हुन त यो यात्रा पाइलटहरूको लागि आरामदायी त हुनेछैन। उनीहरू २५० घण्टा ककपिटमा नै बसिराख्नुपर्नेछ, जहाँको तापक्रम -४० डिग्री देखि ४० डिग्रीसम्म हुन सक्नेछ। फेरी त्यहाँ न अक्सिजन हुन्छ, त न हिटर नै। केवल एउटा मात्र बस्ने ठाउँ भएकोले टोइलेट र सुत्ने ठाउँ पनि त्यही नै हुनेछ।
यो जहाजलाई उनीहरूले 'सोलार इम्पल्स २' नाम दिएका छन् र यसको पङ्खा बोइङ्ग ७४७ को भन्दा पनि फराकिलो रहेको छ। पङ्खामा करिब १७००० जति सोलार ब्याट्रिहरू जडान गरिएको छ, जसले गर्दा जहाजको मोटर र ६३३ किलोको लिथिएम ब्याट्रिलाई चाहिएजति शक्ति प्रदान गर्न सकोस्। यसरी राति होस् या दिन, बादल लागोस् या पानी परोस् जुनसुकै समयमा पनि निरन्तर गतिले उड्ने यो जहाजको गति १४० किलोमिटर प्रति घण्टा रहेको छ।
यो जहाजले केवल शौर्यशक्तिबाट मात्रै चल्ने विमानको रेकर्ड कायम गरिसकेको छ र हरेक महादेशहरूको यात्रा गर्ने उनीहरूको उद्देश्य रहेको छ।
.jpg)

0 comments
Write Down Your Responses