नेपालीको माया सगरमाथा जस्तै उच्च : शाहरुख खान


March 9, 2015


, काठमाडौँ । भारतीय अभिनेता शाहरुख खानले नेपालीको माया सगरमाथा जस्तै उच्च भएको र यो मायाबाट आफु उत्साहित रहेको बताएका छन् ।



सोमबार साडे ३ बजे आफ्नो निजी विमानबाट काठमाडौं आइपुगेका खानले त्रिभुवन विमानस्थलमा उनको


स्वागतमा उपस्थित जनलहरको भिडलाई अभिवादन गरेपश्चात् उनी हायात होटलमा आयोजीत प्रेस मिटमा



सहभागी भए ।

प्रेस मिटमा उनले सगरमाथाको देशको दोश्रो भ्रमणमा आफै झनै उत्साहित भएको बताए ।


 आफु कारणवश यस अघि पुर्वनिर्धारित समयमा नेपाल आउन नसकेको प्रति उनले क्षमा याचना गर्दै आफ्नो



तेश्रो भ्रमण पारिवारिक हुने पनि जनाएका छन् । न्यारोल्याक पेन्ट्सको ब्राण्ड एम्बास्डर समेत रहेका शाहरुख


भोलीसम्म नेपाल नै रहने आयोजकले जनाएको छ ।

0 comments

Write Down Your Responses