'प्रचण्डको हत्या कल्पना पनि गर्न सक्दिनँ'

२०७१ चैत्र १४ शनिबार

काठमाडौं : एमाओवादी पोलिटब्यूरो सदस्य प्रभु साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या याेजनाबारे आफूमाथि लागेको आरोप काल्पनिक र भ्रमाक भएकाे बताएका छन्।

आफूमाथि आरोप लागेकाे समाचार सार्वजनिक भए लगत्तै साहले अन्नपूर्ण अनलाइनसँग भने, 'यस्तो म कल्पना पनि गर्न सक्दिनँ।' एमाओवादीका दुर्इ केन्द्रिय सदस्यले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलन नै गरेर साहले प्रचण्डको हत्या योजना बनाएको   आरोप लगाएका थिए।

पत्रकार सम्मेलनमा एमाओवादीका केन्द्रिय सदस्य एवम् सभासद्हरु अशोक जयसवाल र सत्यनारायण भगतले साहले अध्यक्ष प्रचण्डको हत्या गर्ने योजना बुनिरहेको खुलासा गरेका थिए ।

आफ्नै पार्टीका दुर्इ केन्द्रिय सदस्यहरुले लगाएको संगिन आरोपलार्इ साहले राजनीतिक सोच, संस्कार र संस्कृति नभएको कार्य भएको संज्ञा दिए ।

'यो राजनीतिक सोच,  संस्कार र संस्कृति नभएकोहरुको  कार्य हो', साहले भने, यो सुनेर  म स्तब्ध छू । यो कुरा म पार्टी केन्द्रीय कमिटिमा राख्छु ।'नेता साहले आफूले विगतमा, अहिले र भविष्यमा पनि त्यस्तो कुनै योजना नबनाएको र नबनाउने दाबी गरे । 'मेरो त्यस्तो कुनै योजना छैन', उनले भने, 'यो मैले सोच्नै नसक्ने र कल्पना बाहिरको कुरा हो ।'

0 comments

Write Down Your Responses