यि ७ खाने कुरा खानुहोस् र मृगौला जोगाउनुहोस्:

यि ७ खाने कुरा खानुहोस् र मृगौला जोगाउनुहोस्:

मृगौला हाम्रो शरीरको निक्कै संवेदनशील अंग मध्ये एक हो मृगौला । यो अंगमा खराबी आयो भने ज्यान नै जाने खतरा पनि हुन्छ । पछिल्लो समय धेरै मानिसहरु मृगौला पीडित भएका खबरहरु बाहिर आइरहेको छ । कैयौं मानिसले किड्नी फेल अर्थात मृगौलाले काम गर्न छोडेर ज्यान गुमाउँछन् । तर समयमा नै हामीले मृगौला स्वस्थ राख्न तिर ध्यान दियौँ भने मृगौलामा हुने खतरामा कमी हुन सक्छ । यहाँ मृगौला स्वस्थ राख्न खानै पर्ने ७ खानाको विषयमा चर्चा गरिएको छ ।



१ रातो खुर्सानी
रातो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र भिटामिन बी ट उच्च मात्रामा हुन्छ । यसले मृगौलालालाई फाइदा गर्छ ।


२ बन्दा गोभी
बन्दा गोभीमा उच्च मात्रामा सोडियम, पोटासियम, फस्पोरसको मात्रा हुन्छ । मृगौलाका लागि यी तत्वको निक्कै जरुरत हुन्छ । यसको सकारात्मक पक्ष भनेको बन्दा गोभीमा फाइवर र भिटामिन सी समेत उच्च मात्रामा हुन्छ ।

३ काउली
काउलीमा पनि सोडियम, पोटासियम, फस्पोरसको मात्रा प्रयाप्त हुन्छ । त्यसैगरी यसमा भिटामिन सी, फाइवर पनि हुन्छ यसले मृगौलामा हुने समस्याबाट बचाउँछ ।


४ लसुन
एक केस्रा लसुनमा १ मिलिग्राम सोडियम, १२ मिलीग्राम पोटासियम र ४ मिलीग्राम फोस्फोरस हुन्छ । यसले मृगौलालाई मात्र फाइदा गर्दैन कोलेस्ट्रोल समेत नियन्त्रण गर्छ । त्यस्तै लसुन क्यान्सरबाट बँच्नका लागि पनि फाइदाजनक हुन्छ ।


५ स्याउ
सामान्य आकारको स्याउमा पनि १५८ मिलिग्राम पोटासियम, १० मिलिग्राम फस्पोरस हुन्छ । मृगौलालाई त यसले फाइदा गर्छ नै अन्य विभिन्न रोगबाट समेत स्याउ सेवन फाइदाजनक मानिन्छ ।


६ स्ट्रबेरी
आधा कप स्ट्रबेरीमा १ मिलिग्राम सोडियम, १२० मिलिग्राम पोटासियम र १३ मिलिग्राम फस्पोरस हुन्छ । यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पनि हुन्छ जसले मृगौलालाई कुनै समस्या हुनबाट बचाउँछ ।


७ अण्डाको सेतो भाग
अण्डाको सेतो भाग पनि मृगौलाका लागि निक्कै फाइदाजनक मानिन्छ । अण्डाको सेतो भागमा २ ग्राम प्रोटिन, ११० मिलिग्राम पोटासियम र १० मिलिग्राम फस्पोरस हुन्छ । यसमा रहेको एमिनो एसिड मृगौलाको लागि राम्रो हुन्छ भने सामान्य स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।
(Source-www.dcnepal.com)

0 comments

Write Down Your Responses