आफ्नो यौन साथी भतिजोले अर्कै बिहे गरेपछि काकीले लिङ्ग काटिन्

धनुषा १९फागुन । आफुसँग यौन सम्बन्ध राख्दै गर्दा अर्को केटीसँग विवाह गरेको झोंकमा धनुषाका एक महिलाले आफ्नै भतिजोको लिङ्ग काटेकी छन् ।
धनुषाको लोहना गाविस –६ बस्ने २८ वर्षिय रामदेव मण्डलकी ३५ वर्षिया काकी चञ्चला देवी मण्डलले शुक्रवार साँझ लिङ्ग काटेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  
लिङ्ग काटेको आरोपमा प्रहरीले चञ्चललाई  पक्रउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए ।

 रामदेवको उपचार जनकपुरस्थित रामजानकी हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा भइरहेको छ ।  

चञ्चलको श्रीमान पछिल्लो दुई वर्षदेखि वैदेशिक रोगगारमा खाडी मुलुक कतारमा रहँदै आएका छन् ।
दुई सप्ताह अघि मात्र बैदेशिक रोजगारबाट फर्केर घर आएका रामदेवको आफ्नै काकीसँग यौन सम्बन्ध रहेको स्थानीयको दावी छ । ४ दिनअघि रामदेव वैवाहिक बन्धनमा बाँधिएपछि  दुवैबीच सम्बन्ध बिग्रेको रामदेवका दाजु रामभरोष मण्डलले जानकारी दिए ।
घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

0 comments

Write Down Your Responses