सुन तस्करीमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेण्डी शेर्पा २५ तोला सुनसहित पक्राउ
काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेण्डी लामा शेर्पा सुन तस्करीमा पक्राउ परेका छन् ।
भन्सार छलेर ल्याउँदै गरेको २५ तोला सुनसहित उनी पक्राउ परेका हुन् ।
हङकङबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
हङकङबाट नेपाल आउँदै गर्दा उनले भन्सार नगराएको २५ तोला सुन ल्याएका थिए ।
ओलम्पिक कमिटीका उपमहासचिवसमेत रहेका शेर्पालाई शंकाका आधारमा प्रहरीले चेक जाँच गरेको थियो । चेक जाँचकै क्रममा उनी पक्राउ परेका हुन् ।
.jpg)

0 comments
Write Down Your Responses