बिहेका नाममा कोरिया र चीनमा यसरी बेचिन्छन् नेपाली चेली

ठमाण्डु, २० फागुन नेपाली युवतीलाइ विदेशी पुरुषसँग विवाह गराउने नाममा विदेशमा बिक्री गर्ने गरेको खुलेको छ । यस्तो धन्दामा सम्लग्न रहेको आरोपमा राजधानीका म्यारिज ब्युरोमा छापा मारेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार महाराजगंजस्थित एक म्यारिज ब्युरोमा छापा मारेर एक कोरियन पुरुष र एक नेपाली महिलालाई पक्राउ गरेको हो । सो म्यारिज

ब्युरोले नेपाली युवतीलाई कोरियन पुरुषसँग विबाह गराउँदै आएको सिआइबीले जनाएको छ । कोरियामा पुर्याएपछि युवतीको यौन र श्रम शोषणा गर्ने गरिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानव तस्करीको नयाँ तरिका अपनाएको र सो म्यारिज ब्युरोले धेरै युवतीलाई कोरियनसँग विवाह गराइसकेको अनुसन्धानबाट खुलेको छ । नयाँ पत्रिकाबाट

,

0 comments

Write Down Your Responses