१३ बर्षिया किशोरीलाई बलात्कार गर्दै गरेका युवक रंगेहात पक्राउ


सुनसरी, चैत्र १५


धरान उपमहानगरपालिका–१० की एक १३ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा

 सुनसरी इनरुवा–७ का ३२ बर्षिय साजिद अन्सारीलाई इलाका प्रहरी कार्यालय

 धरानले पक्राउ गरेको छ ।


धरान १० मा डेरा गरी बस्दै आएका अन्सारीले हिजो बेलुका

किशोरीलाई फकाएर आफ्नो कोठामा लगेर जबर्जस्ती करणी गर्दै गरेको


अवस्थामा प्रहरीले रंंगेहात पक्राउ गरेको थियो ।


दलित समुदायकी ती किशारीलाई अन्सारीले कोठामा लगेर ढोका थुन्नासाथ

स्थानिय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

0 comments

Write Down Your Responses