के हो त ब्ल्याकहोल? जनिराख्नुपर्ने कुरा

ब्ल्याकहोल अन्तरीक्षमा अवस्थित त्यस्तो ठाउँ हो जहाँ यति धेरै गुरुत्वाकर्षण बल हुन्छ कि भनौँ न त्यहाँबाट प्रकाश पनि उम्किन सक्दैन।


अन्तरीक्षका पदार्थहरू जब एकैठाउँमा खाँदिएर बस्छन् तब नै यति धेरै गुरुत्व बलको (गुरुत्वबलको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस) पैदा हुने हो। यस्तो अवस्था ताराहरूको मृत्यु हुने बेला हुने गर्दछ।


यसरी प्रकाश पनि त्यहाँबाट उम्किन नपाएपछि मानिसहरूले ब्ल्याकहोललाई देख्न सक्दैन। यो अदृश्य हुन्छ तर अन्तरीक्षको खोजको लागि प्रयोग हुने विशेष टेलिस्कोपको मद्धतले भने यसलाई पत्ता लगाउन सकिन्छ। यो टेलिस्कोपले ब्ल्याकहोलको वरिपरि ताराहरूले कसरी असामान्य व्यवहार गरिरहेका हुन्छन् भनेर पत्ता लगाँउछ।


ब्ल्याकहोल कति ठूलो हुन्छ?
ब्ल्याकहोल त हुन्छ तर यसको आकार कत्रो हुन्छ त?
ब्ल्याकहोल ठूलो र सानो जस्तो पनि हुन सक्दछ। वैज्ञानिकहरूको अनुसार सबैभन्दा सानो ब्ल्याकहोल एउटा अणु (atom)को आकारको बाराबर हुन्छ तर सानो भएर पनि यसको पिण्ड (mass) भने एउटा पहाड बराबरको हुन्छ।

अर्को किसिमको ब्ल्याकहोल जस्लाई 'स्टेलार' (stellar) भनिन्छ, यसको पिण्ड सूर्यको पिण्डभन्दा २० गुना बढी हुन्छ। 'आकाशगंगा तारापुञ्ज' (Milky Way Galaxy) मा यस्ता स्टेलारहरू धेरै मात्रा अवस्थित छन्।

स्टेलार ब्ल्याकहोल

अर्को किसिमको ब्ल्याकहोल जस्लाई 'सुपरम्यासिभ' (supermassive) अर्थात अति भिषण भनिन्छ, र यसको पिण्ड १०करोड सूर्य बराबरको हुन्छ। हरेक तारापुञ्जको केन्द्रमा एक सुपरम्यासिभ ब्ल्याकहोल हुन्छ भनेर वैज्ञानिकहरूले प्रमाण पनि फेला पारिसकेका छन्।

सुपरम्यासिभ ब्ल्याकहोल

ब्ल्याकहोल कसरी बन्छ?
वैज्ञानिकहरूको अनुमान के छ भन्दा सबैभन्दा सानो ब्ल्याकहोल भनेको ब्रह्माण्डको सृष्टि हुँदा भएको थियो। जब ठूला ताराहरू त्यसको केन्द्रबाटै विस्फोट भएर ध्वस्त हुन्छन्, त्यतिबेला स्टेलार किसिमको ब्ल्याकहोलको सृष्टि हुन्छ।

सुपरम्यासिभ ब्ल्याकहोलको सृजना भने कसरी भएको हो, वैज्ञानिकहरूले अझसम्म पत्ता लगाउन सकेका छैनन्।

यदि ब्ल्याकहोल 'कालो' हुन्छ भने वैज्ञानिकहरूले त्यी ब्ल्याकहोल नै हो भनेर कसरी थाहा पाए?
बलियो गुरुत्व बलको कारण प्रकाशलाई पनि ब्ल्याकहोलले आफ्नो केन्द्रबाट उम्किन नदिनुको कारण नै हामीले ब्ल्याकहोललाई देख्न नसकेका हौँ तर वैज्ञानिकहरूले ब्ल्याकहोलको कारणले गर्दा ताराहरूले कस्तो व्यवहार गर्छन् भनेर अनुसन्धान गरेका छन् र विशेष टेलिस्कोपको माध्यमबाट यस्ता ताराहरूको व्यवहारहरूको अनुसन्धान गरेका हुन्छन् र ब्ल्याकहोल पत्ता लगाउँछन्।

अन्तरीक्ष टेलिस्कोप

ब्ल्याकहोलले पृथ्वीलाई नष्ट गर्छ कि गर्दैन?
ब्ल्याकहोलले कहिल्यै पनि सबै तारा र ग्रहहरूलाई नष्ट गर्दै हिँड्दैनन्। अझसम्मको अनुसन्धानअनुसार पृथ्वीको नजिक कुनै पनि ब्ल्याकहोल अवस्थित छैनन्, त्यसकारण पृथ्वीलाई ब्ल्याकहोलले नष्ट गर्ने सम्भावना कम नै छ।

यदि सूर्यको आकार बराबरको ब्ल्याकहोल पृथ्वीको नजिक आइहाल्यो भनेपनि पृथ्वी एकैचोटि नष्ट हुँदैन, किनभने ब्ल्याकहोलको पनि आफ्नै गरुत्व बल हुन्छ जस्ले गर्दा ग्रहहरू ब्ल्याकहोललाई घुम्दछ।

0 comments

Write Down Your Responses