आज मिति २०७१ साल चैत्र शुल्क पक्ष दशमी तिथि चैत १६ गते सोमवार

आज मिति  २०७१ साल चैत्र शुल्क पक्ष दशमी तिथि चैत १६ गते सोमवार अनुसार तपाईंको राशी यस प्रकार छ
मेष (चू चे चो ला ली लु ले लो अ)


प्रगतिशिल विचारको आगमनले मानसिक रुपमा प्रसन्नता मिल्ने छ । आफ्ना सहयात्री तपार्इको कदमप्रति उत्साहित हुनेछन् । रोक्किएका काम बन्लान् । मानसिक स्वास्थ्यप्रति जिम्मेवार भइने छ । आर्थिक काममा जिम्मेवारी बढ्ने छ । आयश्रोत पत्ता लाग्लान् ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

आर्थिक कार्य सहज हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । कलाकारिता जस्ता विषयमा लागे सफल भइने बेला छ । आफ्ना हित चाहनेहरु प्रवद्र्धन हुनेछन् । आफूलाई लागेका झुठा मुद्दा किनारा लाग्ने छन् । समय आफू अनुकूल भएर आएको छ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

अधुरा काम बन्ने छन् । सम्मान प्रतिष्ठा बढ्ने छ तर आर्थिक कारोवार धरासायी हुने योग रहेको छ । स्वास्थ्यमा अधिक धन व्यय हुने देखिएको छ । सानो असमझदारीले ठुलो घटना निम्त्याउन सक्ने छ, सावधान रहनु होला । शैक्षिक कार्य प्रभावित हुनेछ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

आत्मबल बढ्ने छ । सामाजिक कार्यमा लागे प्रतिफल उच्च आउने छ । ब्यापार नाफामा जाला । परिवारको सहयोग पाइने छ । नसोचेको क्षेत्रबाट धन प्राप्ति हुने योग रहेको छ । आय र व्ययको समान स्थिति रहे पनि घरेलु काममा फाइदा हुनेछ ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

परिवार प्रति जिम्मेवार भइने छ, तर आफ्नो कामको मूल्याङ्कन कमजोर रहँदा मन मारेर आउने छ । धन सम्बन्धी कारोवारमा सावधान रहनु पर्नेछ । अरुको भर भरोशा कम रहँदा बन्न लागेको काम प्रभावित हुनेछ । आय स्रोत घट्ने छ ।

कन्या (टो प पी पु ष ण ठ पे मो)
साहसिक वृत्ति बढ्ने छ । सहयोगी व्यक्तिको उच्च सहयोग पाइने छ । धन भन्दा विचारको लडार्इमा सफल भइने छ । गुमेको धन हात लाग्ने छ । दार्शनिक विचार प्रवाहमा अग्रणी भइने छ । वादविवादका कुरामा आफू हावी भइने छ ।


तुला (र री रु रे रो ता ती तू ते)
कामको जस पाइने छ । नसोचेको ठाउबाट धन आउने छ । ब्यर्थका काममा भएका चिन्ता दुर हुने छन् । सहयोगी बढ्ने छन् । सम्मान प्रतिष्ठा बढ्ने छ । विवादित कुराको छिनोफानो हुनेछ । खेतीपातीका काममा मनग्गे आम्दानी हुनेछ ।


वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
सन्तान मार्गबाट शुभ समाचार सुन्न पाइने छ । शिक्षामा लगानीको योग रहेको छ । आपसी मेल मिलाप र भाइचारा बढ्ने छ । गुमेको धन प्राप्त हुने योग रहेको छ । अभिभावकको मार्ग निर्देशनले नसोचेको काममा सफलता मिल्ने छ ।


धनु (य यो भा भी भू ध फा ढ भे)
दिन केही प्रतिकूल हुने देखिएको छ । सानो असमझदारी चिन्ताको कारण बन्न सक्ने छ । लेनदेनको व्यवहार त्यति सन्तोषजनक रहने छैन । गलत व्यक्तिको सङ्गतले तपार्इको प्रतिष्ठा बिग्रने भय रहेको छ । धार्मिक कार्यमा अरुची हुनेछ ।

मकर (जो जा जी खी खू खे खो गा गी)
काममा सार्थक नतिजा पाइने छ । परिवारमा सम्बन्ध प्रगाढ हुनेछ । खेतीपातीका काममा मन लाग्ने छ । पशुपालन र ब्यापार समानान्तर रुपमा फाब्ने छ । अरुको सहयोग र सद्भाव पाइने छ । जलकारक बस्तुको प्रयोगमा घाटा हुने योग रहेको छ ।

कुम्भ (गू गे गो सा सी सु से सो द)
केही गर्ने सोच अधुरै रहला । पारिवारिक सदस्यको असहयोग हुनेछ । विवादमा परिने भय पनि उत्तिकै रहेको छ । स्वास्थ्यमा धन खर्च हुनेछ । केही बहुमूल्य बस्तु गुम्ने योग रहेको छ । अपरिचित व्यक्तिको सहयोग रहने छ । परदेशको बास हुनेछ ।


मीन (दि दू थ भ ञ दे दो चा ची)
भाग्योदयको योग छ, शुभ कार्यको थालनी गरे शुभ होला । राजनैतिक कार्यमा लागे पदोन्नती हुने योग रहेको छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । आयस्रोत उत्तरोत्तर वृद्धि हुनेछ । समय आफ्नो पक्षमा रहेको छ । हित चिन्तक बढ्ने छन् ।

0 comments

Write Down Your Responses