काठमाडौँको जनसङ्ख्या बीस वर्षमा असी लाख
२०७१ फाल्गुन
काठमाडौँ: बसाइँसराइ अहिलेकै गतिमा गए अबको २० वर्षमा काठमाडौँको जनसङ्ख्या ८० लाख पुग्ने आङ्कलन गरिएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापाले अत्यधिक बसाइँसराइँका कारण जनसङ्ख्या बढेको बताए । इ.डा. सूर्यराज आचार्यले साना सवारीसाधनलाई तत्काल हटाउनुपर्ने बताउँदै भने “बाटो साँघुरो र अत्यधिक साना सवारी साधनले गर्दा दिनानुदिन जनता जाम खेप्न बाध्य छन् ।”
नागरिक अगुवा कनकमणि दीक्षितले यातायातलाई व्यवस्थित बनाउने प्रमुख दायित्व सरकारको भएको बताए । कार्यक्रममा वातावरणविद् भूषण तुलाधार, कमल पाण्डे, वसन्त गिरीलगायतले उपत्यकाको सवारी साधनको बारेमा चासो व्यक्त गर्नुभएको थियो ।
काठमाडौँ उपत्यकामा भइरहेको खानेपानी, ढल, जलवायु, ऊर्जा, यातायात र फोहोरमैलाको बारेमा संस्थाले विज्ञसँग छलफल तथा अन्तक्रिया गर्दे आइरहेको छ ।
.jpg)

0 comments
Write Down Your Responses