चीनको नयाँ हतियार

२७ फागुन, एेजेन्सी।


आर्थिक क्षेत्रमा छलाङ मारेको चीनले सामरिक शक्ति वृद्धिमा पनि विशेष जोड दिएको छ। स्वदेशमै निर्मित हतियार भन्दा पनि हतियार आयातमा चीनको रुची अत्याधिक बढेको देखिन्छ। हतियार,सुरक्षा लगायतका विषयमा काम गर्ने चर्चित सस्था आईएचएस(IHS)का अनुसार चीन गत वर्ष सर्वाधिक हतियार आयात गर्ने देशको सुचीमा २ स्थानको छलाङ मार्दै तेस्रो नम्वरमा उक्लिएको छ।

चीनले ताइवान र युनाइटेड अरब इमिरेट्सलाइ हतियार आयात गर्ने मुलुकको सुचिमा उछिनेको हो। यस्तो देशको सुचिमा चीन भन्दा अग्रस्थानमा अब साउदी अरब र भारत मात्र छन्। 
यसैगरि अमेरिका सबै भन्दा धेरै हतियार निर्यात गर्ने देश बनेको छ। अमेरिकासंगै रसिया पनि धेरै हतियार निर्यात गर्ने देश हो।

चीनले केही वर्ष यता निरन्तर रसियाबाट हतियार आयात गर्दै आएको छ। यतिखेर चीनले रसियाबाट किन्न लागेको एक युद्ध विमानको खास चर्चा छ।

ग्लोवल टाइम्म पत्रिकाले रसियन सञ्चारमाध्यमहरुलाई हवाला दिँदै बताए अनुसार चीनले रसियाबाट सुखोइ सु-३५ नामक अत्यन्त सामर्थ्यवान युद्धविमान किन्ने महत्वपुर्ण सम्झौता गरेको छ। 
चीनले केही वर्ष यता उक्त विमान किन्ने इच्छा जाहेर गर्दै आएको थियो।


चिनियाँ सरकारी समाचार सस्था सिन्ह्वाका अनुसार गत नोभेम्वरमै दइ देशकमा उ्च्च सैनिक अधिकारीहरुबीच यसमा सहमति भएको थियो। चीनले उक्त विमान चलाउन तालिमका लागि आफ्ना सैनिक पाइलट रसिया पठाइसकेको छ।

चीनले किन्न लागेको सुखोइ सु-३५ त्यो घातक युद्द विमान तीब्र गतिमा उड्ने र आक्रमण गर्ने क्षमता राख्दछ जसको बराबारी अमेरिकी युद्ध विमानलाई पनि गर्न गाह्रो छ।

सुखोइ सु-३५ जस्तै अमेरिकी बिमान लकहिड मार्टिन एफ-३५ (Lockheed Martin F-35) हो जस्ले पनि सुखोइसंग गति र उचाईमा उड्ने क्षमतासंग बराबरी गर्न सक्दैन। सुखोइ निकै गह्रौ तौल बोकेर उडान गर्न पनि सक्षम मानिन्छ। तीब्र गतिमा मिसाइल प्रहार गर्ने यसको अर्को विशेषता हो।

सन २०१५ मा चिनियाँ रक्षा बजेट बढेर १४१.६५ बिलियन डलर पुग्ने बताइएको छ जुन अहिलेको भन्दा १०.१ प्रतिशत बढि हो। चीनले रसियासंग एस-४०० नामक जमिनबाट जमिनमा प्रहार गर्ने मिसाइस सिस्टम किन्न पनि पहल गरिरहेको छ।



चीनसंग २३ लाख संख्या सैनिक संख्या सहितको भीमकाय सैनिक संरचना पनि विद्यमान छ।

हतियार आायात प्रमुख ५ देश
१.साउदी अरब
२.भारत
३.चीन
४.युएई
५.ताइवान

यसै गरि अष्ट्रेलिया, दक्षिण कोरिया, इण्डोनेसिया ,पाकिस्तान पनि धेरै हतियार आयात गर्ने देश मध्यमा 

0 comments

Write Down Your Responses