विश्वकप फाइनलः भविष्यवाणी गर्न कठिन

Mar 29, 2015
१५ चैत, काठमाडौं ।


विश्वकप क्रिकेट अन्तर्गत यतिबेला अष्ट्रेलियाको सिड्नीमा फाइनल खेल जारी छ । आयोजक राष्ट्रद्वय अष्ट्रेलिया र न्यूजिल्याण्डबीच निक्कै प्रतिस्प्रधात्मक खेल जारी छ । अष्ट्रेलिया ४ पटकको विश्व च्याम्पियन हो भने न्यूजिल्याण्ड पहिलो पटकको फाइनलिष्ट टोली हो ।


टश जितेर ब्याटिङ रोजेको न्यूजिल्याढ्ड शुरुवाती ब्याट्सम्यानहरुलाई सस्तैमा गुमाएर दवावमा परेपनि ग्रान्ट एलियट र जर्ज टेलरको ब्याटिङ साझेदारीपछि केही फर्ममा फर्किएको महसुस भएपनि निरन्तर ३ विकेट गुमाउन पुगेको छ ।

३५ औं ओभरमा टेलर र कोरी एण्डर्सन आउट आउट भएपछि भने न्यूजिल्याण्डले राम्रो स्कोर नबनाउने खतरा देखिएको छ । ३६ ओभरमा न्यूजिल्याण्डले ६ महत्वपूर्ण विकेट गुमाइसकेको छ ।

पहिलो ओभरमा अष्ट्रेलियाका माइकर्ल स्टार्कको हातबाट कप्तान म्याकुलम गुमाएपछि दवावमा परेको न्यूजिल्याण्डका अर्का २ ओपनिङ ब्याट्सम्यान पनि एक पछि अर्को गर्दै ढले ।


अष्ट्रेलियाका लागि माइकल स्टार्क, मिचेल जोनसोन र ग्लेन म्याक्सबेलले एक एक विकेट लिए भने एण्डर्सनको विकेट जेम्स फकनरले लिए । खेलमा दोश्रो विकेट लिँदै माइकल स्टार्कले न्यूजिल्याण्डको छैटौं विकेट पनि चड्काएका छन् ।

0 comments

Write Down Your Responses