निःशुल्क मोबाईल डाटा बाँड्दै टेलिकम
नेपाल टेलिकमले २०७१ सालको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई शुक्रबारदेखि सहुलियत दरमा सिमकार्ड बिक्री सुरु गरेको छ।
मोबाइल सेवामा युवा तथा विद्यार्थी वर्गको आकर्षण दिनानुदिन बढ्नुका साथै मोबाइल सेवामार्फत इन्टरनेट सेवाको प्रयोगमा समेत वृद्धि भएकाले युवा तथा विद्यार्थी वर्गलाई लक्षित गरी सहुलियत दरमा सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
सहुलियत योजना अनुसार उपलब्ध गराइने सिमकार्ड खरिद गर्न विद्यार्थीहरुले एक सय भुक्तानी गर्दा एक सयको नै टक भ्याल्यु र एक मेगावाइट बराबरको डाटा सेवा हुने कम्पनीले जनाएको छ।
यस योजना अन्तर्गत सिम कार्ड खरिद गर्ने विद्यार्थीहरुले एसएलसी परीक्षाको प्रवेश पत्रको प्रतिलिपि विद्यार्थी स्वयं वा निजको अभिभावकको नागरिकताको प्रतिलिपी तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्र मध्ये कुनै एकको प्रतिलिपि पेश गर्नुपर्नेछ।
टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले नेपाल टेलिकमले देश भरका विद्यार्थीहरुलाई सहुलियत दरमा सिम कार्ड उपलब्ध गराउने उद्देश्यले मुलुकभर यो योजना लागू गरेको बताए। यसका लागि कम्पनीका सम्पूर्ण निर्देशनालय अन्तर्गतका ग्राहक सेवा केन्द्रहरु तथा कम्पनीसँग आवद्ध निजी क्षेत्रका विक्रेताहरुमार्फत समेत बिक्री वितरणको व्यवस्था मिलाइएको छ, उनले भने।
योजना चैत मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ।
.jpg)

0 comments
Write Down Your Responses