अमृत साइन्स क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप


क्याम्पस प्रमुखको कुर्सी जल्यो


 काठमाडौं,फागुन २७ – झडप र मारपिट चलिरहने राजधानीको अमृत साइन्स क्याम्पसमा बुधबार बिहान दुई संगठनबीच झडप भएको छ । एमाले अखिलले क्याम्पस प्रमुखको कार्यकक्षमा रहको टेबुल कुसीमा आगजनी गरेपछि विद्यार्थी संगठनबीच विवाद बढ्दा दुई पक्षबीच झडप भएको हो ।

                               
बुधबार बिहानै एमाले संबद्द अनेरास्ववियुले सूचना प्रविधि सम्बन्धी कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागी सहभागी हुन पुगेका विद्यार्थी अचानक क्याम्पस प्रमुखको कार्यकक्षतिर लागेर आगजनी सुरु गरेको प्रत्यक्षदर्शी विद्यार्थीले रातोपाटीलाई बताए ।


 एमाले संवद्द अनेरास्ववियुले आगजनी सुरु गरेपछि तीन माओवादी संवद्द अखिल क्रान्तिकारी त्यसको प्रतिरोध गर्न क्याम्पस प्रवेश गरेका थिए ।

उनीहरु प्रवेश गरेसँगै झडपको अवस्था बनेको हो । अहिले क्याम्पस अगाडि माओवादी संवद्द विद्यार्थीहरुले नारावाजी गरिरहेका छन् भने प्रहरी त्यसको नियन्त्रणमा लागिरहेको छ । केहीबेर अघि भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो ।

0 comments

Write Down Your Responses