भारत हारेपछि विराटलाई सलमानले फोनमा यस्तो भने

March 28, 2015

एजेन्सी । विश्वकपको सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित भएसँगै भारत प्रतियोगिताबाट बाहिरिइसकेको छ ।


बिहीबार भएको खेलमा भारतका उपकप्तान विराट कोहलीले १३ बलमा मात्र १ रन बनाएर आउट भएपछि हारको मुख्य कारण कोहली र उनकी प्रेमिका बलिउड नायिका अनुष्का शर्मालाईसमेत जोडेर आलोचना भइरहेको छ ।

विराट र अनुष्काका विषयलाई लिएर सामाजिक सञ्जालमा तिव्र आलोचना मजाक उडाइएपछि बलिउड नायक सलमान खानले विराटलाई फोन गरेका छन् ।

बलिउड लाइफमा छापिएको समाचार अनुसार समानले फोन गरेर विराटलाई सान्त्वना दिएका हुन् । उनले फोन गरेर मनोबल बढाउन तथा सामाजिक सञ्जालमा अनुष्कालाई जोडेर जसले जे भनेपछि ध्यान नदिने भनेका हुन् ।
यसअघि भारतीय टिमका खेलाडि सौरभ गांगुलीले पनि विराटले राम्रो नखेल्नुमा अनुष्कालाई जोड्नु अपरिपक्वता भएको टिप्पणी गरेका थिए ।

0 comments

Write Down Your Responses