सामाजिक सञ्जालमा छाउँदै जवान मदर टेरेसाको तस्बिर
एजेन्सी
हृदयकी खानी बनेर संसारमा चिनिएकी मदर टेरेसाको हालै एक ब्लाक एन्ड ह्वाइट तस्बिर चर्चामा छ ।
टेरेसा जवान छँदाको तस्जिक सञ्जालमा छाएको हो ।
उनको तस्बिरमाथि धेरैले सकारात्मक र प्रशंसापूर्ण टिप्पणी गरेका छन् ।
नोबेल पुरस्कार विजेता टेरेसाको यो तस्बिर सन् १९३० को दशकको हो ।
जति बेला टेरेसा १८ वर्षीया जवान थिइन् । सन् १९१० मा मेसिडोनियामा जन्मेकी टेरेसाले सन् १९५० मा कुष्ठ, टीबी रोगी तथा बेसहारा व्यक्तिको सेवाका लागि भारतमा केन्द्र स्थापना गरेकी हुन् ।
रोम क्याथलिक चर्चको यो केन्द्र भारतमा सुरु भई संसारका एक सय ३३ देशमा फैलिएको छ ।
यो अभियानका कारण टेरेसालाई सन् १९७९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
टेरेसाको निधन ५ सेप्टेम्बर १९९७ मा भएको थियो ।
.jpg)

0 comments
Write Down Your Responses