डा. केसी अनशनको नकाब उत्रियो, माधव नेपालमाथि आक्रमणको प्रयास
यो आन्दोलन कहाँबाट कसले सञ्चालन गरेको हो, त्यो प्रस्ट हुँदैछ, हामीले पहिले केसीको अनसन अमुख दलबाट सञ्चालित छ भन्दा धेरैलाई बिश्वास लागेको थिएन’ एमाले सचिव तथा प्रचारबिभाग प्रमुख योगेश भट्टराईले भने ‘एमाले र नेता नेपालप्रतिको आक्रमण र अपशब्दले केसी आन्दोलनको नकाव उत्रेको छ ।
काठमाडौं । ११ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा दिनरात त्रिवि शिक्षण अस्पतालमा धाइरहेको एक गिरोह राजनीतिक अभिष्ट पुरा गर्ने ध्यानमा जुटेको छ । दलका नेताहरुबिरुद्ध नारावाजी गर्ने र केसीलाई विभिन्न बहानामा उक्साउने गिरोहले बुधबार एमाले नेता माधव नेपालबिरुद्ध नारावाजी गरेको छ ।
एकीकृत नेकपा माओवादी र केही कांग्रेस निकटका ब्यक्ति डा.केसीलाई उक्साउन दिनरात शिक्षण अस्पतालमा बसीरहेका छन् । आफुलाई मन नपर्ने मन्त्रीको राजीनामा र एमाले नेताविरुद्ध नारावाजी समेत गर्न उनीहरु पछि परेका छैनन् । गिरोहको उक्साहटमा डा.केसीले शिक्षामन्त्री चित्रलेखा यादवको राजीनामालाई आफ्नो बटमलाइन बनाएका छन् ।
विरामी आफ्न्तलाई भेट्न बुधबार टिचिङ हस्पीटल पुगेका एमाले नेता तथा पूर्वप्रधानमन्त्री नेपालबिरुद्ध गिरोहले आक्रमणको प्रयास समेत गरेको छ । नेपालको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले आक्रमणको प्रयासलाई बिफल पारेपछि नारा जुलुसमा उत्रेका थिए । ‘माधव नेपाल मुर्दावाद, एमाले मुर्दावाद’ जस्ता आपत्तीजनक नारा लगाएको नेता नेपालको सचिवालयले जनाएको छ । नेपाल टिचिङ हस्पिलटमा डा. केसीलाई भेट्न गएका थिएनन् । बिरामी आफ्न्तसँग भेटघाट गरिरहेका बेला नेता नेपाललाई उनीहरुले घेरेका थिए । त्यही बेला अपशब्द पनि नेपाललाई प्रयोग गरिएको थियो ।
नेता नेपालमाथी भएको घटनालाई लिएर एमालेले आपत्ती जनाएको छ । ‘यो आन्दोलन कहाँबाट कसले सञ्चालन गरेको हो, त्यो प्रस्ट हुँदैछ, हामीले पहिले केसीको अनसन अमुख दलबाट सञ्चालित छ भन्दा धेरैलाई बिश्वास लागेको थिएन’ एमाले सचिव तथा प्रचारबिभाग प्रमुख योगेश भट्टराईले भने ‘एमाले र नेता नेपालप्रतिको आक्रमण र अपशब्दले केसी आन्दोलनको नकाव उत्रेको छ ।
प्रचार बिभाग प्रमुख भट्टराईले अनसनका नाममा राजनीति नगर्न केसीलाई आग्रह गरे । ‘हामी उहाँका मागमा सकारात्मक नै छौ, तर राजनीतिकरुपमा परिचालित भएर नेता नेपालमाथी आक्रमणको प्रयास गरियो त्यो खेदजनक छ, माफी माग्नु पर्दछ ।
केसीका नाममा टिचिङमा राजनीतिक अभिष्ट पुरा गर्न बसेका गिरोहलाई नेता नेपालले पनि कडा शैलीमा उत्तर दिएका थिए । ‘मनमोहनको नाम बद्नाम गरे सह्य हुँदैन ।
.jpg)

0 comments
Write Down Your Responses