पक्राउ परेका आन्दोलनकारी छुटाउन खोज्दा झडप
२४ चैत, काठमाडौंं । काठमाडौंको बिजुलीबजार क्षेत्र आज विहानैदेखि रणमैदानमा परिणत भएको छ । अपरान्ह सोही मोर्चाबाट प्रहरीले पक्राउ परेकी एमाओवादी नेतृ हिसिला यमीलाई बन्दकर्ताले प्रहरी नियन्त्रणमा फुत्काउने क्रममा ठूलै झडप समेत भयो । मोटरसाइकल आगजनी भएको स्थानमा विहानैदेखि तनाव भइरहेको थियो ।
प्रदर्शनकारीहरुले भ्यान भित्रका साथीहरुलाई छुटाउनका लागि प्रयास गरे । शान्तिपूर्ण रुपमा सडकमा सुतेर भ्यान अघि बढ्न नदिने प्रयास गरिरहेको बेला प्रहरीले बल प्रयोग गरेको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य दिपेश पुनले बताए । उनले भने-हामीले भ्यान अघि बढ्न नदिन सडकमा सुतेर अवरोध गरेका थियौं तर प्रहरीले अत्यधिक बल प्रयोग गर्यो, हिसिला यमीलाई डिएसपी दानवहादुर कार्कीले पक्राउ गरेपछि हामीले फुत्काएर ल्यायौं ।
प्रदर्शनकारीहरुले भ्यान अघि बढ्न नदिएपछि प्रहरीले भ्यान ब्याक गरेको थियो । त्यसक्रममा उनीहरुले भ्यानको सिसा फुटाएपछि प्रहरी बल प्रयोग गर्न बाध्य भएको हो । त्यस क्रममा केही सेल अश्रु ग्यास प्रहार भएको थियो भने भने प्रहरीले लाठी र आन्दोलनकारीले ढुंगा प्रहार गरेका थिए ।
प्रहरीको प्रहारबाट ९ जना साथीहरु घाइते भएको क्रान्तिकारीका नेता दिपेशले बताए । त्यस मोर्चाको नेतृत्व हिसिला यमी र अग्नि सापकोटाले गरेका थिए ।
.jpg)

0 comments
Write Down Your Responses