यात्रुवाहक बसमा तोडफोड, ड्राइभरको आँखा फुट्यो
गौशाला, २४ चैत । तीस दलीय मोर्चाका नेता कार्यकर्ताले आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा एक यात्रुवाहक बसमा तोडफोड गरेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै सयौँको सङ्ख्यामा रहेका मोर्चाका नेता कार्यकर्ताले जलेश्वर नगरपालिका चौकमा ज.१ख६५९ नम्बरको मुना डिलक्स बसमा तोडफोड गरेका हुन् ।
तीस दलको तीनदिने बन्दी रहेको बेला पनि आज बिहान जिल्लाको सम्सीबाट यात्रु बोकेर आएको सो बसलाई मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गर्दै तोडफोड गरेका हुन् ।
यसैबीच मोर्चाका नेता कार्यकर्ताले जिल्लाको सदरमुकाम जलेश्वरलगायत बर्दिबास, गौशाला, मटिहानी, सम्सी, पिपरालगायत ठाउँमा पसल, बजार, कलकारखाना र उद्योगधन्दा बन्द गराउँदै हिँडेका छन् । रासस
via -दैनिक नेपाल
.jpg)

0 comments
Write Down Your Responses