बबर महलमा प्रचण्ड मोर्चा र प्रहरी आमने सामने

Apr 6, 2015

२३ चैत, काठमाडौं ।

एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चामा आवद्ध दलहरुले आज देखि सडक तताउने तयारी गरेका छन् । मोर्चाले ३ दिने आम हडताल शुरु हुनु १ दिन अँघि काठमाडौंमा प्रदर्शन गर्ने तयारीमा रहेका ६ माओवादीका कार्यकर्ता र प्रहरीबीच झडप हुने संकेत पनि देखिएको छ ।

जुलुश सहित शान्तिबाटिका सम्म पुग्ने तयारीमा रहेका ६ माओवादीका कार्यकर्ता र प्रहरी बबरमहलमा आमने सामने भएका छन् । माओवादी कार्यकर्ताहरुले निषेधित क्षेत्र तोडेमा उनीहरुमाथि बल प्रयोग गर्ने तयारीमा प्रहरी छ ।

प्रहरीको संख्या आन्दोलनकारीको संख्या करिव करिव बराबरी देखिएको छ । घेरा तोड्ने तयारीमा आन्दोलनकारी छन् भने पुलिसको उच्च संख्यामा तम्तयार भएर बसेको छ ।

0 comments

Write Down Your Responses