पत्याउनुहुन्छ ? १ दिनमै ३० करोड भारु कमाउँछन् आमिर खान

कति छ आमिर खानको दैनिक कमाइ ?
 April 07, 2015

नयाँदिल्ली – भारतका चर्चित अभिनेताले आफ्ना कैयौं सहकर्मीलाई पछि पार्दै विज्ञापन दुनियाँकै बादशाह बनेका छन् । एक अंग्रेजी वेबसाइटले उनले दिनमै ३० करोड भारु कमाएको पुष्टि गरेको छ ।


एक अंग्रेजी वेबसाइटले एक प्रतिवेदन सार्वजनिक गर्दै आमिर खानलाई सबैभन्दा माथिल्लो स्थानमा राखेको छ । भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले आफ्नो अनलाइन संस्करणमा एक विज्ञापनको लागि आमिर खानले हरेक दिन पाँच करोड भारु लिने गरेको उल्लेख छ ।

साथै उनले अहिले इ–कमर्स कम्पनी सनैपिडिलसँग पनि एक सम्झौता गरेका छन् । उनले अहिले सनैपिडिलसँग ३० करोडको सम्झौता गरेका छन् । विभिन्न विज्ञापनबाट उनले एक दिनमै पाँच करोड रुपैयाँ आर्जन गर्छन् ।

साथै आमिरले जे पायो त्यही कम्पनीको विज्ञापनमा आफ्नो अभिनय गर्दैनन् । विज्ञापनमा अभिनय गर्न सम्झौता गर्नुपूर्व उनले त्यो कम्पनीबारे अध्ययन गर्ने गरेका छन् । उनको खातामा अहिले गोदरेज,सामसुङ मोबाइलजस्ता विभिन्न कम्पनीको विज्ञापन रहेको छ । आजको आर्थिक दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses