किस्ता तिर्न बाकीं छदैं निरजको सपना ट्याक्सी संगै जलेपछि..


 April 7, 2015


काठमाडौं,२४ चैत ।
बन्द हट्तालमा आज बिहानै जलाईएको  बा १ ज १८७७ नम्बरको  ट्याक्सीका चालक निरज बानियाँ र उनकी श्रीमती लाई नराम्रो असर पार्यो ।ऋण खोजेर किनेको ट्याक्सीको कीस्ता तिर्न बाकीँ नै छ तर यता आफ्ना माग पुरा गर्न तम्सेका बन्द कार्यकर्ताले ट्याक्सी जलाईदिए ।
पत्नी आक्रोशित भएर प्रहरी र बन्द कार्यकर्तालाई गाली गरिरहेकी थिईन, जलेको ट्याक्सीको छेउमा बसेर निरज रोईरहेका थिए ।
प्रहरीले जलेको ट्याक्सी हटाउन खोज्दा, ट्याक्सी चालक निरज बानियाँकी पत्नीले प्रहरीले बाँधेको फलामे साङ्लो कुल्चिँदै भनिन्, ‘पहिले हामीलाई क्षतिपूर्ति देऊ, त्यसपछि मात्रै ट्याक्सी उठाऊ ।
माओवादी नेताहरुचाँहि गार्ड लिएर सुरक्षित हिँड्ने तर गरीबको गाडी ४ बजे नै जलाएर गरीखान नदिएको भन्दै उनले  भनिन्- ‘बरु हामी परिवारका चारै जनालाई  मार ।‘ढोका बन्द गरेर अागो लगाइदिने हो ? अरू गाडीहरू चलिरहेका छन्, हामीमाथि किन अन्याय ?’निरज की पत्नी ले आक्रोश यसरी ब्यक्त गर्दै भनिन्, ‘ट्याक्सीभित्रै थुनेर आगो लगाएर मार्नै खोजेका त हुन् नि यीनिहरुले ।’
अस्पताल जानु छ भन्दै दुई व्यक्तिले ट्याक्सी रोकेर आफूलाई भित्रै  राखेर आगो लगाएको बानियाँले  बताए ।**

,

0 comments

Write Down Your Responses