पोखरामा भूकम्पको धक्का

२०७१ चैत्र २२ आईतवार


पोखरा : पोखरामा भूकम्पको धक्का महसुस भएको छ। अपरान्ह ६ बजेर १७ मिनेट जाँदा धक्का महसुस भएको हो ।

पोखरा आसपासको क्षेत्रलाई केन्द्र बनाई ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ । करिब ३ देखि ५ सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पले क्षति गरेको कुनै विवरण प्राप्त भएको छैन ।

भूूकम्पको धक्का महसुस भएपछि मानिसहरु डराउँदै सडकमा निस्केका थिए । पोखरामा धक्का महसुस भएपनि यो भूकम्प भौतिक क्षति गराउन सक्ने क्षमताको नभएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

0 comments

Write Down Your Responses