किशोरीलाई एसिड छ्याप्नु जीवनको बाध्यताः परिवार
काठमाण्डु, २२ चैत–
एसिड घटनाका दोषी जीवन विकको घर परिवारले जीवनको अपराध अनुसारको कारवाही पाउँनुपर्ने भन्दै आफूमाथि भएको जातिय विभेदमा पनि न्याय पाउनुपर्ने पर्ने माग गरेको छ । उनीहरुले एसिड छ्याप्नु अपराध भएको तर त्यो गर्न बाध्य पारिनुको कारण पनि खोजिनुपर्ने बताए । जीवनको घर परिवारले आइतवार काठमाण्डुको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि सो धारण सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै जीवनको आमा नुनुमाया विकले आफूहरु पनि अन्यायमा परेको बताउँदै सरकारले न्याय दिनुपर्ने बताइन् । ‘मेरो छोराले गरेको अपराधको सजाय पाउँनुपर्छ त्योसँगै हामीमाथि गरिएको विभेदको पनि सुनुवाई हुनपर्छ’ उनले भनिन् । उनले यस्तो घटनाहरु फेरी नघटुन् भन्नको लागि त्यसको कारण खोजिनुपर्ने बताइन् ।
पत्रकार सम्मेलनमा बोल्दै बहिनी सीता विकले एसिड घटना जुनसुकै मानेमा भएपनि अमानविय, क्रुर र निन्दनीय अपराधिक कार्य भएकाले कारवाही हुनुपर्ने बताइन् । उनीहरुद्वारा जारी प्रेस विज्ञाप्तीमा ‘घटनाको हामी घोर निन्दा, भत्र्सना गर्दछौँ र दोषीलाई सजाय हुनपर्छ भन्ने कुरामा हामी पूर्वाग्राही हुन चाहदैनौँ तर यसो भन्दैमा सो निन्दनीय घटना घट्नुको मूल कारण खोजि नहुने हो भन्ने तर्फ पनि हामीले राज्यको ध्याकर्षण गर्न चाहेका हौँ ।’ प्रेस विज्ञप्तीमा अगाडि भनिएको छ ‘दोषिलाई दोष अनुसार सजाय हुनुको साथै उक्त घटना घट्नुको जरिया र सोले सिर्जना गरेको समाजिक विश्रृङ्खतासँगै मानविय विभेदको गहिरो खाडलको पनि यथार्थपरक, निष्पक्ष ढंगले अध्ययन, अनुसन्धान र छानबिन होस् ।’
कार्यक्रममा जीवन विककी दिदी मञ्जु विकले ‘संगीता पुमाली मगर र आफ्नो घरपरिवारबीच २०७० कातिकमा घटेको जातीय छुवाछुतको घटनाको तोडमोड नगरी निष्पक्ष न्यायिक छानबिन गरि वास्तविक दोषीलाई कारवाही गरेको भए यस्तो घटना नहुने दाबी गरिन् । उनले आफ्नो भाईलाई संगीताको घर परिवारले अपराध गर्न बाध्य पारेको दाबी समेत गरिन् । भाई सुजन विकले संगीताको घर परिवारले आफीहरुमाथि गरेको जातीय विभेदको मुद्दालाई प्रहरीले सत्य सथ्यका आधारमा छानविन गरेको नगरेकाले घटना घटेको दाबी गरे ।
.jpg)

0 comments
Write Down Your Responses