फेसबुकमा साथी बनाउनुअघि सावधान ! यसरी जीवन बर्बाद हुनसक्छ

एजेन्सी । तपाईलाई लाग्छ कि फेसबुकमा तपाईको कसैसँग भेट भयो, उ, सच्चा, तपाईको प्रेम र विवाहको लागि पनि योग्य छ ? सावधान हुनुहोस् ।
यसरी भेटिएका व्यक्तिहरुले तपाईको र तपाईको व्यक्तिगत जीवन नै बर्बाद बनाइदिन समेत सक्छन् । हालै भारतमा धनी परिवारका युवतीहरुलाई फिल्ममा काम दिलाइदिने बहानामा ठगी गरेको घटना पर्दाफास भएको छ ।
यसरी एक एक गरेर ७ युवतीहरुको जीवन बर्बाद गर्ने युवकको नाम सऊद हो । भोपालमा ठगीमा आएका युवकले एक युवतीको फोटो खिचाएर फेसबुकमा अपलोड गरेपछि घटना सार्वजनिक भएको हो ।
फोटो फेसबुकमा भाइरन बनेपछि युवकको भूमिकाको पर्दाफास भएको हो । उनको तस्वीरमा केही घन्टामा नै धेरै कमेन्ट आएका थिए ।
कमेन्टमा कसैले आफ्नो पति, कसैले मेरो ब्वाईफ्रेण्ड, कसैले साथी र कसैले आफूलाई माग्ने केटा भएकोसमेत लेखेका थिए । तस्वीरमा यस्तो टिप्पणी आएपछि युवती वास्तविक कुरा थाहा पाउने उद्देश्यले प्रहरी थाना पुगेकी थिइन् ।
उनले फेसबुकमा अलग अलग नामबाट युवतीहरुलाई फसाउने गर्दथे । तर उनको निशालामा मात्र धनी युवतीहरुमात्रै पर्दथे ।
प्रहरी छानविनका क्रममा अहिलेसम्म उनले केही युवतीहरुसँग विवाह नै गरिसकेको खुलेको थियो । तर, अहिले ती युवक कहाँ छन् भन्नेबारेमा पत्ता लागिसकेको छैन ।

0 comments

Write Down Your Responses