एसिड हान्ने जीवनकी बहिनीले भनिन् ‘मेरो दाईले सजाय पाओस्
एसिड हान्ने जीवनकी बहिनीले भनिन् ‘मेरो दाईले सजाय पाओस् तर जातिय विभेदको शिकार भएका हामीले न्याय पाउँ’
काठमाडौं । काठमाडौंको बसन्तपुरमा दुई छात्रामाथी एसिड प्रहार गर्ने जीवन विककी बहिनीले जातिय विभेद गर्नेबिरुद्ध कारवाही गर्न माग गरेकी छिन् । संगीता पुलामी र सिमा बस्नेतमाथि एसिड प्रहार गर्ने विककी दुई वहिनीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जातिय विभेद गर्नेलाई पहिले कारवाही गर्न माग गरेकी छिन् । ‘एसिड आक्रमण क्रुर र निन्दनीय अपराध हो दोषीलाई कारवाही गर्नु पर्दछ’ विककी बहिनी सिताले भनिन् ‘ त्यो भन्दा पहिले एसिड हान्ने तहमा कसले पु¥यायो त्यसको छानवि र कारवाही हुनु पर्दछ ।’
संगीता पुलामीको घरपरिवारले जातिय बिभेद गरेका कारण घटना भएको दावी सिताको छ । दलित भएकै कारण बृद्ध बाबुले समेत संगीतका बाबुबाट कुटाई खाएको बताइन । ‘मेरो दाईले सजाय पाओस् तर त्यसअघि जातिय विभेदको शिकार भएका हामीले न्याय पाउँ’ सिताले भनिन् ।
विकले संगीतालाई ट्युसन बढाएने क्रममा उनको परिचय पत्र देखिएको र त्यसमा विक थर भएपछि पुलामीको परिवारले विभेद गर्न थालेको बताइन । ‘ट्वाईलेट भित्र रहेका बेला ढोकामा लात्ताले हानेपछी छुवाछुतको घटनाले हिंसात्मक बाटो लिएको हो’ उनले भनिन् ।
जीवनकी आमाले पनि जातिय बिभेद गर्नेमाथी कारवाहीको माग गरिन् । ‘सँधैको छिःछी दुर्दुरले मेरो छोराको मन जलेछ, अहिले पनि जलिरहेको होला, हामीले कानुन बुझेका थिएनौं त्यसैले अन्यायमा प¥र्यौं’ उनले भनिन् ।
.jpg)

0 comments
Write Down Your Responses