आउँदो शुक्रबारदेखि ‘भद्रगोल’ प्रशारण हुने
काठमाण्डु, २२ चैत–
झण्डै दुई महिना रोकिएको चर्चित हास्य टेलिसिरिएल भद्रगोल आउँदो शुक्रबारदेखि प्रशारण हुने भएको छ ।
जिग्री, बले, कक्रोच, पाँडे, वरिष्ठे दाई जस्ता पात्रले भरिएको भद्रगोलको प्रशारण वल्र्ड भिजन नामक मिडिया एजेन्सीको फर्जी कागजातका कारण नेपाल टेलिभिजले रोकेको थियो ।
सिसिएलका निर्देशक शंकर आचार्यले भने,‘भद्रगोलको झण्डै दुई भाग तयार छ ।
अरुको कारणले प्रशारण रोकिएको थियो, अबदेखि नियमित प्रशारण गर्ने हाम्रो तयारी छ ।’
निर्देशक आचार्यकाअनुसार सिरिएलमा खास परिवर्तन गरिएको छैन । विषयवस्तु प्रस्तुतीको शैली र पात्रहरू उस्तै रहनेछन् ।
नेपाल टेलिभिजनले फर्जी कागजात काण्डपछि सो समयका लागि पुनः टेण्डर आव्हान गरेको थियो । हालको टेण्डर मिडिया अबले पाएको छ ।
.jpg)

0 comments
Write Down Your Responses