आजको राशिफल
आज वि.सं. २०७१ चैत्र २३ गते सोमबार तदनुसार ई. सं. २०१५ अप्रिल ०६ तारिख
वैशाख कृष्ण द्वितीया, स्वाती नक्षत्र, तुला राशिको चन्द्रमा, हर्षण योग, वणिज करण
आजको मूहुर्त : अग्निवास(होमादि), अन्नप्राशन(पास्नी), अक्षरारम्भ, ऋण लिनेदिने, घर छाउने/ढलान गर्ने, दैलो राख्ने,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हाँसखेल, भ्रमण र मनोरञ्जनको इच्छा जागेपनि त्यसका लागि समय र धनको जोहो हुन सक्दैन । घरपरिवारका सदस्यसँग मतभिन्नता बढ्नसक्छ । अनावश्यक र दिक्कलाग्दो यात्राको सम्भावना छ । घरका विपरीतलिंगी नातेदारको स्वास्थ्यमा समस्या आउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सहयोगी हातहरू पछि हट्न सक्छन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय होइन । आर्थिक सङ्कटको योग छ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल हुँदैन । पारिवारिक जीवनमा असामान्यता आउनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
शत्रुहरूले तपाईंको चियोचर्चो गर्नेछन् । एकाबिहानै सन्ततिपक्षबाट समस्या आइपर्ने सङ्केत छ । आफन्तले नै कुरा काट्न र विश्वासघात गर्न थालेपछि मन अस्थिर र अशान्त रहने छ । उता पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । साँझपख मन भुलाउने उपायको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्ने छैन । कडा परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन ,व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । व्यापारिक वा दैनिक कामहरूमा समय प्रदान गर्न सकिने छैन । अनायासै खर्च बृद्धि हुने सम्भावना छ । सामाजिक र राजनैतिक क्रियाकलापले खिन्नता बढाउने छ । नजिकका मित्र तथा दाजुभाइसित मनमुटाव हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पेसा वा व्यवसायमा नचाहेको जिम्मेबारी थपिन सक्छ, प्रतिष्ठामा कमी भएको महसूस हुनेछ । आज चिताए जति फाइदा हुनसक्दैन, परिश्रम निरर्थक हुनसक्छ । नातागोता र छरछिमेकीका किचलोमा समावेश हुनुपर्ने सम्भावना छ । कुनै वस्तु खरिद गर्दा हानि पुग्नसक्छ । बेकारका मानिसहरुको चाप बढ्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज गरिएको क्रियाकलापले तपाईंलाई दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले तपाईंले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भाइबहिनी वा सन्ततिका समस्या निदानका लागि समय र धन खर्च हुने सम्भावना छ । आर्थिक समस्याले पिरोल्ने छ । कारोबार ठप्प हुने सम्भावना छ । व्यवसायबाट लाभ हुन सक्दैन । दाम्पत्यसम्बन्धमा नकारात्मक प्रभाव पर्न सक्छ । मातापितासँगको सम्बन्धमा समेत प्रभाव पार्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्याले निराश तुल्याउन सक्छ । तपाईंले गरेका सम्पूर्ण मिहिनेत र परिश्रमको प्रतिफल अरुले नै प्राप्त गर्ने सम्भावना ेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा मनोमालिन्य हुनसक्छ । पिताको स्वास्थ्यप्रति सचेत रहनुहोला । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विभिन्न अनिष्ट दिनहरू मध्येको एउटा दिन आजको दिन पनि हो । सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज गरिएको धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापबाट व्यक्तिगत सम्मानमा हानि पुग्न सक्छ । साँझपख अशुभ कुराको सङ्केत प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
.jpg)

0 comments
Write Down Your Responses