पारस शाहको यस्तो हालतः जो देखे नि हाँस्छन् मात्रै, मान्छे मुश्किलले चिन्छन्
समाचार २३ चैत्र
काठमाडौं, पूर्वयुवराज पारस शाह मानसिक स्वास्थ्य समस्याले पीडित हुन पुगेका छन् । उनी अहिले हृदयाघात भएका बिरामीमध्ये कसैकसैलाई सताउने ‘माइल्ड इन्फेक्सन’ नामक रोगको शिकार हुन पुगेको समाचार स्रोतले जनाएको छ । मष्तिष्कसँग सम्बन्धित केही नशा र तन्तुहरु ‘प्यारालाइज्ड’ हुँदा यस्तो समस्या देखापर्ने चिकित्सक बताउँछन् ।
लामो विदेश बसाइपछि गत बिहीबार मात्रै नेपाल आएका पारस शाह कुनै परिचित मान्छे भेट्दा खिसिक्क हाँस्छन् तर कसैसँग पनि दोहोरो सवालजवाफ गर्दैनन् । परिवारका सबै सदस्यलाई चिन्छन्, अनुहार हेरेर मुस्कुराउँछन् तर बोल्दैनन् ।
‘उनी नेपाल आएलगत्तै सञ्चारमाध्यमहरुमा आएका समाचारजस्तो परिवारले उनलाई निर्मलनिवास छिर्न र बस्न नदिएको होइन’, समाचार स्रोत अनुसार – ‘यहाँ आइपुग्नुअघि नै उनको स्वास्थ्य समस्याबारे जानकारी पाएको परिवारले पारसलाई सुविधा हुनेगरी शान्त र सहज ठाउँमा अन्यत्रै बसोवासको बन्दोबस्त मिलाएको हो ।’
शाहलाई अहिले उनको नियमित एवम् दैनिक हेरचाह गर्ने सहयोगी बाहेक कसैको पनि सम्पर्कमा जान दिइएको छैन । परिवारजन र सहयोगीहरु अहिले उनको उपचारार्थ स्तरीय सेवा, भरपर्दो सुरक्षा र गोपनीयताको राम्रो व्यवस्था भएको अस्पताल खोजिरहेका छन् ।
लागूऔषधको दुर्व्यसन रहेका पारसले गतवर्ष हृदयाघातबाट सिकिस्त भएपछि बैंककस्थित ‘समिति भेज’ अस्पतालमा लामो उपचारपछि मुश्कीलले स्वास्थ्यलाभ गरेका थिए । त्यसैको प्रभावस्वरुप उनलाई अहिलेसम्म पनि स्वास्थ्य समस्या कायम रहेको धेरैको अनुमान छ । विदेश जानुअघि नै दुर्व्यसनको शिकार बनेका साहले थाइल्यान्डमा पनि लागूऔषधको व्यसनका कारण पटकपटक पक्राउ परी मुद्धा खेपे । भर्खरै मात्र जेलमुक्त भई नेपाल आएका उनी ‘डिप्रेसन’ को समस्याले ग्रस्त रहेको उक्त स्रोतले बतायो ।
खबरडबली बाट :
.jpg)

0 comments
Write Down Your Responses