पैसा लिनै पाइन्न कतार जाने कामदारसँग
काठमाण्डु, २३ –
वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारबाट लिइने रकम गैर कानुनी रहेको खुलासा भएको छ ।
कतारी श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुलाल्ह विन सैल अल खुलाइफीले आफ्नो देशमा आउने नेपाली कामदारसँग मेनपावर कम्पनीले गैरकानुनी रुपमा चर्को शुल्क लिइरहेकोमा नेपाल सरकारसमक्ष गम्भीर असन्तुष्टि जनाएसँगै यस्तो खुलासा भएको हो ।
नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका खुलाइफीले श्रमराज्य मन्त्री टेकबहादुर गुरुङलाई आइतबार भेटी आफ्नो असन्तुष्टि जनाएका हुन् ।
राज्यमन्त्री गुरुङले कतारमा जाने नेपाली कामदारले तिर्नुपर्ने शुल्क घटाइदिन आग्रह गरेपछि जवाफमा खुलाइफीले आफ्नो देशमा कामदारसित शुल्क लिने कानुननै नभएको भन्दै असन्तुष्टि जनाएको स्रोतले बतायो ।
कान्तिपुर दैनिकबाट
.jpg)

0 comments
Write Down Your Responses