ब्वाइफ्रेण्डसँग पुरै रात बिताएर पछाडिको ढोकाबाट गइन् दिपिका !

मुम्बई । ‘माइ च्वाइस’ भिडियोबाट चर्चामा आएकी बलिउड नायिका दिपिका पादुकोण फेरि अर्को काण्डले चर्चामा आएकी छन् ।
उनी अहिले भने आफ्ना ब्वाइफ्रेण्डसँग पुरै रात बिताएको घटनाबाट चर्चामा आएकी हुन् । दिपिका पादुकोणले हालै अस्पतालमा रणवीर सिंहसँग बस्न पुगेकी थिइन् ।
रणवीर काँधमा लागेको चोटको सर्जरीका लागि अस्पताल भर्ना भएको थिए । संजय लीला भंसालीको फिल्म ‘बाजीराव मस्तानी’ को शुटिङका क्रममा रणवीर घाइते भएका थिए ।
आइतबार रणवीर अस्पतालबाट डिस्चार्ज भएका छन् । दिपिका यसक्रममा अस्पतालको पछिल्लो ढोकाबाट निस्किएर गएकी थिइन् । दिपिका आफ्ना ब्वाईफ्रेण्ड रणवीरलाई भेट्न र स्वास्थ्य अवस्थाबारे जानकारी लिन शनिबारराति ९ बजे अस्पताल पुगेकी थिइन् ।
त्यसपछि रणवीर डिस्चार्ज भएपछिमात्रै उनी अस्पतालबाट बाहिरिएकी हुन् । रणवीर आफ्ना बाबुआमासँग अस्पतालबाट निस्कदा सञ्चारकर्मीहरु तस्वीर लिन गएको समयमा दिपिका पछिल्लो ढोकाबाट निस्केकी थिइन् ।
रणवीरले अस्पतालबाट गएपछि ‘सर्जरी सफल भयो, अहिले घरमा फर्किएको छु, सबैको प्रेमका लागि धन्यवाद’ भन्दै ट्विट गरेका छन् । सन् २०१३ मा पनि उनले डेंगुको उपचार गरेका थिए ।


0 comments

Write Down Your Responses