धर्मको नाममा सेक्स पार्टी, १६ युवतीसहित ८० जना गिरफ्तार
April 7, 2015
एजेन्सी । भारतको श्रीनाथीको दर्शनको बहानामा गएका ८० जनालाई प्रहरीले सेक्स पार्टीबाट पक्राउ गरेको छ ।
पक्राउ परेकामा १६ जना महिला समेत रहेका छन् । भारतको उदयपुर–अहमदावाद सडकखण्डस्थित होटल एण्ड रिसोर्ट उदय प्यालेसमा प्रहरीले छापा मारेको थियो ।
प्रहरीले उक्त स्थानका होटलहरुमा सामूहिक वेश्यावृत्ति भईरहेको सूचनाको आधारमा छापा मारेको थियो । उक्त सेक्स पार्टी रिसोर्ट मालिक पंकज बंसल र उनी पत्नीले आयोजना गरेका हुन् ।
उक्त पार्टीमा दलालका माध्यमबाट भोपाल, दिल्ली, नीमच, मुम्बई, आगरा, अहमदावादलगायतका स्थानबाट समेत युवतीहरु आएका थिए ।
पार्टीमा ४ देखि १५ हजार रुपैयासम्ममा युवतीहरु आएका थिए । रिसोर्टका सञ्चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
.jpg)

0 comments
Write Down Your Responses