एमाले पोलिटब्यूरो नेता नेपाल प्रहरीको ‘मोष्टवान्टेड’ सुचिमा
काठमाडौं ।
सत्तारुढ दल नेकपा एमालेका एक नेता नेपाल प्रहरीको मोष्टवान्टेड सुचिमा परेका छन् । एमाले बैकल्पिक पोलिटब्यूरो सदस्य तथा जनकपुर अञ्चल इन्चार्ज योगनारायण यादव प्रहरीको मोष्टवान्टेड सुचिमा परेका हुन् ।
धनुषास्थित मदन–आश्रित निम्न माध्यामिक बिद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा गोली हानी स्थानीयको हत्या आरोपमा प्रहरीले मोष्टवान्टेड सुचिमा राखेको हो । सवैला नगरपालिकाको वडा नं १ मा रहेको मदन– आश्रित निम्न माध्यामिक बिद्यालयमा ८ चैतमा गोली चलेको थियो । दुई पक्षबीच विवाद बढेपछि गोली हानाहान भएको थियो । गोली हानाहानमा एक जनाको मृत्यू भएको थियो भने एक अर्काे स्थानीय एमाले कार्यकर्ताको सोही राति हत्या गरिएको थियो ।
गोली काण्ड एमाले नेता यादवको नेतृत्वमा भएको ठहर गर्दै प्रहरीले उनीबिरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता गरेदेखि फरार रहेका यादवलाई प्रहरीले मोष्टवान्टेड सुचिमा राखेको हो । गोली हानी स्थानीयको हत्या गरेको अभियोगमा सरकारी वकिलको कार्यालय धनुषाले योगनारायण उनका भाई महेन्द्र यादव, महेश यादव, रामविहारी यादवसहित २४ जनाबिरुद्ध मुद्दा चलाएको छ ।
.jpg)

0 comments
Write Down Your Responses