हराएको दुई महिनापछि समुन्द्रबाट जिवितै उद्धार, भन्छन ‘काँचो माछा खान्थे’

सुन्दा पत्यार नलाग्ला तर एक अमेरिकी नागरिकलाई हराएको दुई महिना भन्दा धेरै समय पछि समुन्द्रबाट जिवितै उद्धार गरिएको छ ।


’खुला आकाशमा एक्लै माछा मार्दै रमाइलो गरेर फर्किन्छु’ भन्दै आफ्नो परिवारबाट जनवरीको अन्त्यतिर छुट्टिएका ३७ वर्षीय लुइस जोर्डनलाई दुई महिना भन्दा बढी समय पछि समुन्द्रमा भट्किएको अवस्थामा जिवितै उद्धार गरिएको हो ।

आफ्नो डुङगामा भएको सानो दुर्घटनाबाट कनेक्शन टुटी दुई महिना अगाडी समुन्द्रमै अलपत्र परेका उनि समुन्द्रको काँचो माछा र आफ्नो जहाजमा रहेको पानी खाएर बाचेका थिए । नर्थ कारोलिनाबाट गस्तीमा उढेको हेलिकप्टरले उनलाई करिव दुई सय माइल टाढा आफ्नो जहाजमा फेला परेको थियो ।

हाल उनलाई भर्जिनियाको नर्फोल्कस्थित एक अस्पतालमा उपचारका लागि राखिएको छ । उनको पाखुरामा सानो चोट लाग्नु बाहेक उनि स्वस्थ रहेको अस्पतालले जनाएको छ । उनि बेपत्ता भएपछि जनवरीमा उनको परिवारले प्रहरीमा रिपोर्ट दर्ता गराएका थिए ।

लामो समय सम्म फेला नपरेपछि उनि जीवित रहेको कुरामा आशा मरेको उनका परिवारले बताए । उनकी आमाले यो आश्चर्यजनक रहेको बताउछिन ।

0 comments

Write Down Your Responses